सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा उत्कृष्ट २० छनौट

Share:

बिग न्युज, पोखरा, १ साउन । सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा छैंटौंैं चरणको अडिसनबाट उत्कृष्ट २० जना गायन प्रतिभा छनौट भएका छन् । पोखराको न्यूरोड स्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा विहिवार भएको अडिसनमा पाचौं चरणको अडिसनबाट छानिएका २५ प्रतिस्पर्धीहरुमध्ये मिलन तामाङ्ग, अर्जुन कुँवर, सौगात गुरुङ्ग, प्रज्वल भित्रीकोटी र किसान उचाई ठकुरी गरी ५ जना बाहिरिएका हुन् ।

पहिलो राउण्डको अडिसनमा सहभागि ८ सय ९० बाट छानिदै आएका २० जना प्रतियोगीहरुका बिचमा अब शनिवार हुने सातौं चरणको अडिसन झनै प्रतिश्पर्धात्मक हुने कार्यक्रम संयोजक संजोग बस्यालले बताए । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको खुल्ला एकल गायन प्रतियोगिता बिग आईकनको पाचौ संस्करणमा ५० जिल्लाका ८ सय ९० जनाले सहभागिताको लागि फाराम भरेका थिए । यस पटकको बिग आइृकनको विजेताले १९ चरणको अडिसन पार गर्नुपर्नेछ ।

नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो बिग आईकनको उपाधि जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै द व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् । यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।

बिग आईकनको पाचौ संस्करणलाई सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले बिग आईकनसंग सहकार्य गरेको यो चौथो पटक हो । यस्तै प्रतियोगिताको कान्साई नेरोल्याक पेन्ट्सले सबटाईटल स्पोन्सर गरेको छ भने सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा द व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने सब स्पोन्सरमा पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।

बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । बिग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: