सन्दर्भ: पुष्पलाल स्मृति दिवस, कम्युनिष्ट पार्टीमा यसरी सुरु भयो विभाजन

Share:

नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस बुधबार बिभिन्न कार्यक्रम गरी मनाईएको छ । नेकपा एमाले, एकीकृत माओवादी लगायतका वामपन्थी दलहरुले अन्तर्क्रिया, छलफल लगायतका कार्यक्रम आयोजना गरेका छन् ।

अघिल्लो दिन मंगलबार विपी स्मृति दिवसमा जस्तै बुधबारको पुष्पलाल स्मृति दिवसमा पनि नेताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा विपी र पुष्पलालको योगदानको स्मरण गरेका छन् । विपीले जन्माएको कांग्रेसमा त्यति धेरै फुट नदेखिएपनि पुष्पलाल लगायतका नेताहरुले जन्माएको कम्युनिष्ट पार्टीभित्र भने प्रशस्तै फुट र विभाजन भएका छन् । यो फुटको श्रृङ्खला २०१७ सालदेखि सुरु भएको हो । त्यसको ११ वर्षअघि २००६ सालमा मात्र कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

कसरी सुरु भयो त कम्युनिष्ट पार्टीभित्र फुट र विभाजनको श्रृङ्खला ?

नेकपा एमालेको वेवसाइटमा यस्तो लेखिएको छ:

संसदको विघटन र दरभंगा प्लेनम

२०१७ साल  साल पुष १ गते संसद विघटन गरी त्यसको २१ दिनपछि सम्पूर्ण पार्टीहरूमाथि प्रतिबन्ध लगाएपछि कम्युनिस्ट आन्दोलनमा पनि त्यसको गम्भीर असर पर्‍यो । नेकपाका केही नेता र कार्यकर्ताहरू गिरफ्तार भए । २०१७ साल कार्तिक महिनामा मस्कोमा आयोजित विश्व कम्युनिस्ट सम्मेलनमा भाग लिन गएका नेकपाका महासचिव केशरजंग रायमाझीले त्यहींबाट राजाको फौजी कदमलाई प्रगतिशील कदम भनी स्वागत गरे । तर क। पुष्पलालको नेतृत्वमा नेकपाको पोलिटब्यूरोले सैनिक आतंकको संज्ञा दिंदै त्यसको विरोध गर्‍यो र संसदीय दलहरूको सम्मेलनको माग गर्‍यो । माघ महिनामा रायमाझी सोभियत संघबाट फर्केपछि पार्टीमाथिको प्रतिबन्ध हटाउने, राजबन्दी रिहाइ तथा मौलिक अधिकारको माग गरियो । विघटित संसदका बारेमा भने कुनै कुरा अघि सारिएन ।

संसदको विघटनपछि २०१७ साल फाल्गुनमा भारतको दरभंगामा नेकपा केन्द्रीय समितिको विस्तारित बैठक ९प्लेनम० बस्यो । चर्को विवादको कारण बैठक एक महिनासम्म लम्बियो । यस बैठकलाई नेकपाको इतिहासमा दरभंगा प्लेनम भनिन्छ। यस बैठकमा तीन लाइन देखियो । वैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रका पक्षमा रहेका केशरजंग रायमाझी लगायत केन्द्रीय समितिका बहुमत सदस्यहरू संसदीय व्यवस्थाको स्थापनाका विपक्षमा रहे । विघटित संसदको पुनस्र्थापना र संयुक्त जनआन्दोलनको पक्षमा क। पुष्पलाल रहनुभयो । संविधान सभाको चुनावको पक्षमा बैठकको बहुमत रह्यो । यसको नेतृत्व क. मोहनविक्रम सिंहले गर्नुभएको थियो । यसमा क. मोहनविक्रम बाहेकका अन्य सबै सदस्यहरू केन्द्रीय समितिभन्दा बाहिरका रहे ।

दरभंगा प्लेनमले पार्टीमा देखा परेको मतभेदलाई निराकरण गर्न नौ महिना भित्र महाधिवेशन बोलाउने, नेपाललाई पाच क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रलाई एक–एक जना पोलिटब्यूरो सदस्यको जिम्मामा दिने र राजावादी रुझानका कारण रायमाझीलाई महासचिवबाट हटाएर तीन जनाको सेक्रेटायरियट बनाउने तथा त्यसको कार्यालय काठमाडौंमा राख्ने निर्णय लियो । सचिवालयमा केशजंग रायमाझी, शम्भुराम श्रेष्ठ र डी.पी. अधिकारीलाई राख्ने निर्णय भयो । पछि केन्द्रीय समितिले प्लेनमको निर्णय मान्न केन्द्र बाध्य छैन भन्दै रायमाझीको लाइनलाई नै अघि सार्‍यो ।

दरभंगा प्लेनमद्वारा गठन गरिएको सचिवालय पनि विवादमुक्त रहेन । केन्द्रीय समितिले चार–पाच वर्षसम्म महाधिवेशन गर्न नसकिने धारणा अघि सार्न थाल्यो । २०१९ सालमा सचिवालय सदस्य शम्भुराम श्रेष्ठ पनि गिरफ्तार भए । परिणाम स्वरूप दरभंगा प्लेनमको धारणा तत्कालीन केन्द्रीय समितिबाट कार्यान्वयन हुने सम्भावना पूर्णतः हराएर गयो । केन्द्रीय समितिमा रायमाझी र पुष्पलाल बीचको मतभेद अझ तीव्र बन्न पुग्यो ।

दरभंगा प्लेनमको विपरित नेतृत्व तहबाट काम हुन थालेपछि उक्त प्लेनमद्वारा निर्धारित पाचवटै जोन ९क्षेत्र० का प्रतिनिधिहरू सामेल भई २०१८ साल भदौमा अन्तर जोन सामञ्जस्य समितिको गठन भयो । यसको गठन पार्टीका बहुसंख्यक सदस्यहरूको प्रतिनिधित्व हुने गरी विभिन्न जिल्लाको सक्रियतामा भएको थियो ।

पूर्वकोशी प्रान्तिय कमिटीको पुनर्गठन बैठक क। तुलसीलालको उपस्थितिमा सिलगुढीमा बस्यो। त्यो प्रान्तिय कमिटीको सचिवमा क. भरतमोहन अधिकारी छानिनु भयो। त्यसपछि पश्चिम कोशी प्रान्तिय कमिटी पुनर्गठन भयो । तर यी कमिटीहरुको विपक्षमा रहेकोले अन्तरजोन सामञ्जस्य समिति पनि केन्द्रीय समितिको विरोधमा उत्रियो। अन्तरजोन सामञ्जस्य समितिको सचिव क. तुलसीलाल छानिनु भयो, यही समितिको निर्णय अनुरुप क. पुष्पलाललाई लिन जाने र जेलमा रहनुभएका क. मनमोहन अधिकारीलाई जेलबाट भगाउने समेत योजना बन्यो।

अन्तरजोन सामञ्जस्य समितिको आयोजनामा २०१९ साल, बैशाख ४–१५ मा नेकपाको तेस्रो महाधिवेशन सम्पन्न भयो । अन्तरजोन सामञ्जस्य समितिको तर्फबाट समितिका सचिव क. तुलसीलाल अमात्यद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई महाधिवेशनले पारित गर्‍यो । महाधिवेशनले ५१ सदस्यीय राष्ट्रिय परिषद र ७ सदस्यीय सचिवालय (राजनीतिक समिति) निर्माण गर्‍यो । त्यसको महासचिवमा क. तुल्सीलाल अमात्य चुनिनुभयो ।

तेस्रो महाधिवेशनको मूख्य विवाद भनेको तत्कालिक नारामा केन्द्रीत थियो, कार्यक्रम होईन। अन्तरजोन सामञ्जस्य समितिको तर्फबाट क. तुलसीलालले संप्रभुता संपन्न संसद स्थापना (सुप्रिम एण्ड सोभरन पार्लियामेण्ट) को माग प्रस्तुत गर्नु भयो। क. पुष्पलालले विघटित संसदको पुनर्स्थापना (रेस्टोरसन अफ भेरी पार्लियामेण्ट) को माग राख्नु भयो। यसै गरी जेलमा रहनु भएको मोहनविक्रम सिंहको तर्फबाट संविधान सभा (कन्स्टिचयेयण्ट असेम्ल्वी) को माग राखियो। छलफल पछि संप्रभुता संपन्न संसद स्थापनाको माग अत्यधिक बहुमतले पारित भयो।

क. तुलसीलाल अमात्यद्वारा प्रस्तुत पार्टी कार्यक्रम राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम मा कसैको पनि विरोध थिएन, किनकी चीन र रुसका कम्युनिष्ट पार्टी सहित मास्कोमा भएकोबैठकले नेपाल जस्तो देशका लागि राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास गरेका थिए। तेस्रो राष्ट्रिय महाधिवेशनले वास्तवमा त्यसलाई समावेश मात्र गरेको थियो। तर पार्टीमा विवाद बढ्दै गएपछि क। पुष्पलालको समेत कार्यक्रमिक विवाद नगर्ने र छिटो संघर्षमा जाने सहमतिका विपरित आवश्यक छलफल नै नगराई राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास गरिएको भन्ने भनाइ रह्यो ।

महाधिवेशनद्वारा व्यक्त गरिएको एक भएर जाने प्रतिबद्धता लामो समयसम्म कायम रहन सकेन । महाधिवेशन पश्चात् केन्द्रीय समितिको विस्तारित बैठकले टिमको भावना कायम गर्नका लागि ६ सूत्रीय आचारविधि पनि तय गर्‍यो । पुष्पलाल र तुल्सीलाललाई संयुक्त रूपमा कार्यालय सञ्चालन गर्ने जिम्मा दियो । छैटौं केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौथो महाधिवेशनको तयारी गर्ने जिम्मा क। तुल्सीलाललाई दियो । तर नेतृत्व तहको बढ्दो गुटबन्दीका कारणले त्यो सम्झौता र सहमति कार्यान्वयन हुन सकेन । त्यही समयमा तुल्सीलालले कुन बाटो रु नामक पुस्तिका प्रकाशित गर्नु भयो । त्यसको जवाफमा क। पुष्पलालले मूलबाटो नामक पुस्तिका निकाल्नु भयो । अन्तर संघर्षमा परेका नेकपालाई १९६२ पछि चर्किंदै गएको रुस र चीन विवादले पनि गम्भीर असर पार्‍यो ।

नेकपाको फुट र विभाजन

तेस्रो महाधिवेशनपछि पार्टी केन्द्र पूर्ण रूपमा निस्क्रिय र निस्तेज बन्न पुग्यो । विभिन्न तहका कमिटीहरूले आपूmलाई केन्द्रबाट स्वतन्त्र घोषणा गर्न थाले । तेस्रो महाधिवेशनद्वारा कार्वाहीमा परेको रायमाझी गुटले २०२३ सालमा तेस्रो केन्द्रीय सम्मेलन गरी राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम अघि सार्‍यो र विधानमा संशोधन गरी तेस्रो महाधिवेशन गर्ने निर्णय गर्‍यो । त्यसले २०२४ सालमा तेस्रो महाधिवेशन गरी केन्द्रीय नेतृत्व छान्ने काम गर्‍यो । जेलमा रहेका मनमोहन र शम्भुरामलाई पनि केन्द्रीय समितिमा समावेश गर्ने काम गर्‍यो ।

२०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनद्वारा गठित केन्द्रीय कार्यकारिणी समिति विवादका कारणले निस्क्रिय रहेको अवस्थामा २०२४ सालमा पुष्पलाल पक्षबाट केन्द्रीय समिति निर्माण गर्दै एउटा कन्भेन्सन को आयोजना गरियो । त्यसले क। पुष्पलालद्वारा प्रस्तुत गरिएको पार्टी सिंहावलोकन दस्तावेजलाई मस्यौदाका रूपमा पारित गर्‍यो । २०२५ साल जेष्ठमा यस समूहले तेस्रो सम्मेलन गरी बेग्लै पार्टी केन्द्रको घोषणा गर्‍यो र पुष्पलाल महामन्त्री हुनुभयो ।

छरिएर रहेका कम्युनिस्टलाई एक सूत्रमा बाधी पार्टी महाधिवेशन वा सम्मेलन गरी केन्द्रीय कमिटीको गठन गर्ने उद्देश्यले जेलमा रहेका नेताहरू छुटेर आएपछि २०२८ साल मंसीर २० गतेका दिन केन्द्रीय न्यूक्लियसको गठन भयो । केन्द्रीय न्यूक्लियसले मनमोहन, शम्भुराम र मोहनविक्रमलाई कार्यालय सञ्चालन गर्ने जिम्मा दियो । केन्द्रीय न्यूक्लियसले मनमोहन र शम्भुरामलाई पुष्पलालसग एकता वार्ता गर्ने जिम्मा दियो । तर शम्भुरामले पुष्पलाललाई पार्टी भंग गर्ने प्रस्ताव राखेका कारणले वार्ता असफल भयो । कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने उद्देश्यले गठित न्यूक्लियस आफै एकीकृत बन्न सकेन । अन्ततोगत्वा केन्द्रीय न्यूक्लियसको एउटा पक्षले मोहनविक्रमको नेतृत्वमा २०३१ साल भदौ ३० देखि असोज ७ गतेसम्म भारतमा चौथो महाधिवेशन गर्‍यो । र अर्को पक्षले २०३६ सालमा एकता सम्मेलन गरी नेकपाको घोषणा गर्‍यो । नेकपाको फुट र विभाजनका कारणले एक समयमा डेढ दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी देखा परे ।

को हुन् पुष्पलाल ?

पुष्पलाल श्रेष्ठ ( नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि।सं। १९८१ असार १५ गते रामेछाप जिल्लामा भक्तलाल र तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो । पुष्पलालका एक दाजू गङ्गालाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवम् बहिनी पुष्पलता हुन् ।

पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो । वि।सं। १९९७ सालमा आफ्ना दाजु शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ भन्नुभएको थियो र दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो।

वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो । संघमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो । संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका (सीपमूलकसमेत) तालीम दिन्थ्यो। भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२मा भारत, पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो। २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो। जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे।

मार्क्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो। २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उहाँको जीवनमा नयाँ मोड ल्यायो। त्यसबखत पुष्पलाल पश्चिम बंगालका वर्तमान मुख्यमन्त्री ज्योति बसुको नजीक हुनुहुन्थ्यो। पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभयो। सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो। उहाँको विवाह साहना प्रधानसँग भएको थियो। २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७मा पार्टी प्रभाव बिस्तार गर्न तेह्रथुम ९लिम्बुवान० बजारमा पुग्नुभयो। २०१६ सालमा उहाँ सोभियत संघमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीनभ्रमण गर्नुभयो।

२०१७ साल पौष १ गते घटित कालो काण्डपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो। नेका र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदै निधन भयो।

(स्रोत: नेपाली विकिपिडिया)

कमेन्ट गर्नुहोस्
Share: