विमान दुर्घटनामा ५१ को मृत्यु

Share:

साउन ७ – ताइवानमा विमान दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । 

ट्रान्स एसिया एयरवेजको विमान आकस्मिक अवतरण गर्ने क्रममा मागोङ विमानस्थल नजिक दुर्घटना भएको ताइवानको सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।

काओसिउङ सिआओग्याङ विमानस्थलबाट पेन्गुको मागोङका लागि उडेको विमानमा चालक दलका ४ जना सदस्य र ५४ जना यात्रु रहेका स्थानीय अधिकारीले बताएका छन् । आकस्मिक अवतरणका क्रममा धावनमार्गमा विमानमा आगो लागेको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: