पोखरा ११, साउन / नेपाल ह्याण्डवल संघको बिषेश सहयोग तथा कास्की जिल्ला ह्याण्डवल संघको आयोजनामा पोखरामा संचालन भएको तीन हप्ते आधारभुत ह्याण्डवलको प्रशिक्षण आज आईतबार सम्पन्न भएको छ ।
पोखरा रंगशालामा संचालन भएको उक्त प्रशिक्षणमा कोरीयन ह्याण्डवपल प्रशिक्षक हन हि सीयोक र ह्याण्डवलका साहायक प्रशिक्षक कृष्ण शाक्यले प्रशिक्षण गराएका हुन । बिद्यालयका खेल शिक्षक, खेलाडी, सशस्त्र प्रहरी तथा नेपाल आर्मीका गरी करीब ६० जनाको सहभागिता रहेको नेपाल ह्याण्डवल संघका सदस्य केशव पाठकले बताए । नेपालमा ह्याण्डवलको सम्भावना धेरै भएकोले पनि आफुहरुले यस्तो प्रशिक्षण पोखरामा आयोजना गरीएको अध्यक्ष गुरुङले जनाए ।
समापन समारोहमा नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ, कास्की जिल्ला ह्याण्डवल संघका अध्यक्ष सेरबहादुर गुरुङ, प्रशिक्षक द्धय सीयोक, शाक्य, सशस्त्र प्रहरीका डीएसपी खेमनारायण अधिकारी लगायतले प्रमाण पत्र वितरण गरेका थिए । उक्त अवसरमा पोखरा टिम र सैनिक आवासिय महाबिद्यालय विचको मैत्रिपुर्ण खेलमा पोखराको टिम विजयी भएको थियो । कोरीयन प्रशिक्षकले काठमाण्ठौमा २ महिना प्रशिक्षण गराएर पोखरा आएका हुन ।
