यस्तो छ मोदीको गाडी, मोदीका लागि उच्च सुरक्षा प्रबन्ध

Share:

काठमाडौ साउन १६/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि नेपालले सुरक्षायुक्त बुलेट ब्रुफ गाडी उपलब्ध गराउन नसक्दा मोदीले उतैबाट गाडी ल्याएका छन् ।

हुनत प्रधानमन्त्री कार्यालयसँग दुईटा बुलेटप्रुफ गाडी छन् तर भारत पक्ष त्यसमा विश्वस्त नभएपछि मोदीले भारतमा चढ्ने गाडी नै यता ल्याएका छन् । सुरक्षाको दृष्टिकोणले सुविधा सम्पन्न सो गाडी दुईटा ल्याएका छन् । भारतीय आर्मीको विशेष विमानबाट ज्यामर भएको तथा प्रधानमन्त्री चढ्ने बीएमडब्लु दुईटा गरी तीनवटा गाडी नेपाल आइसकेका छन् । भारतमा जेड २ सुरक्षा पाइरहेका प्रधामन्त्री मोदी यहाँ नेपालमा पनि त्यही सुविधा दिने तयारी भइरहेको छ । प्रधानमन्त्री मोदीलाई सुरक्षा दिने जिम्मा नारायणहिटीस्थित सेनाको विशेष सुरक्षा दलले लिएको छ ।

प्रधानमन्त्री मोदी चढ्ने गाडी हेर्नमा साधारण भएपनि सुविधा युक्त रहेका छन् । त्यो गाडीको सबभन्दा महत्वपूर्ण पक्ष के रहेको छ भने गाडी जति ‘स्पीड’ मा भएपनि चाहेको बेलामा ३६० डिग्रीमा गाडीलाई सिधै ‘टर्न’ गर्न सकिन्छ । ‘बुलेटप्रुफ’ गाडी त हो नै अर्को महत्वपूर्ण पक्ष भनेको सवार गाडीमाथि कतैबाट हमला हुने संभावना भयो तलबाट नै त्यो गाडीको ढोका खोल्ने सुविधा छ जहाँबाट सुरक्षित तरिकाबाट निस्केर सुरक्षित स्थानमा जान सक्छ ।

Prime-minister-of-india-motorcade-convoy

प्रधानमन्त्री मोदी चढ्ने गाडीको पछि पछि हिड्ने मल्टी युटीलिटी भेकल (गाडी) हुनेछ जसलाई ज्यामर कार भनिन्छ । त्यो कारको ५० मिटर वरिवरी मोवाइलको नेटवर्क हुने छैन । त्यो कारमा कुनै ठाउँमा जमीन मुनी बम गाडिएर राखिएको छ भने त्यसमा जडित एन्टी माइन्स इन्डिकेटरले संकेत गर्नेछ । गाडी हिड्ने वरिवरी कतैबाट गाडी माथी मिसाइलबाट हमला हुने भयो भने त्यसअघि नै त्यसमा जडित एन्टी मिसाइल सेकुरेट्री सिस्टमले जानकारी दिनेछ । र सोही गाडीभित्र बम डिस्पोजल टोली समेत रहने व्यवस्था छ ।

 

Source: Ratopati

कमेन्ट गर्नुहोस्
Share: