
पोखरा , १९ साउन | फेशनको मामलामा पछिल्लो समय पोखरा अब्बल हुँदै गएको छ । अझै त्यसमाथि पोखरामा महिलाहरु फेशनको सवालमा निकै अगाडि छन् । शहरमा खुलेका लेडिज फेशन आउटलेटहरुले यो कुराको पुष्टी गर्छन् ।
एक पछि अर्को गर्दै पोखरामा लेडिज फेशन होमहरु स्थापना भैरहेका छन् । यहि मेसोमा संचारकर्मी तथा गीतकार रितु रानाभाटले पनि फेशन होम संचालनमा ल्याएकी छन् । सोमबारदेखि औपचारिक रुपमा उनले पोखरा ९ बाँस्तोलाथरमा फेशन होम संचालनमा ल्याएकी हुन् । ‘सानिमा फेशन होम’ नाम दिईएको रानाभाटको फेशन होममा लेडिज गार्मेन्ट्सहरु मात्रै पाईन्छ ।
‘पोखराका महिला दिदिबहिनीहरु फेशनाको सवालमा निकै अपडेट हुनुहुन्छ ।’ संचारकर्मी टन्र्ज व्यवसायि रितुले भनिन्–‘र, सानीमा फेशन होमले अपडेटेड फेशन सामाग्रीहरु अर्डर अनुसार पु¥याउन सक्छ ।’ लेडिज कुर्था, सुटपिस, टप्स, वान पिस, लेहेँगा जस्ता लेडिज गार्मेन्टहरु सुलभ मुल्यमा उपलब्ध गराउने पनि उनले जानकारी दिईन् । फेशन होममा शुरुमा १५ लाख रुपँैया लगानी रहेको उनले जानकारी दिईन् ।
लामो समय यता विभिन्न मिडियामा आबद्ध भएर काम गरिसकेकी रितु हाल विग एफएमसंग आबद्ध छिन् । उनी स्रोताहरुमाझ निकै चर्चित समेत छिन् । साथै उनी गीतकारको रुपमा समेत चर्चित भैसकेकी छन् । ‘व्यवसाय संगै मिडियामा पनि मैले निरन्तरता दिनेछु ।’ रितुले भनिन् ।
बजारमा नयाँ डिजाईनका फेशनेबल गार्मेन्ट्सको अत्याधिक माग रहेको पनि उनले बताईन् । पोखराका महिलाहरुको फेशन स्टेटमेन्ट बुझेर बजार मागअनुसारको कपडाहरु आफुले भित्राएको उनले जानकारी दिईन् । मिडियाकर्मीहरुका लागि आफ्नो आउटलेटमा सामान खरिद गर्दा विशेष छुटको व्यवस्था समेत गरिएको उनले बताईन् ।
