सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनमा उत्कृष्ट ५, दिपेश भट्टचन बाहिरिए

Share:

बिग न्युज पोखरा, २२ साउन । उत्कृष्ट ६ मध्येका एक प्रतिस्पर्धी दिपेश भट्टचन बाहिरिएपछि गायन रियालिटि शो सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनमा उत्कृष्ट पाँच प्रतिस्पर्धी बचेका छन् । विहिबार भएको अडिसनमा उत्कृष्ट पाँच प्रतिस्पर्धीले उत्कृष्ट चारका लागि प्रतिस्पर्धा समेत गरे । शनिबार उत्कृष्ट चार घोषणा हुनेछन् । त्यसपश्चात सोहि दिन उत्कृष्ट तीन का लागि प्रतियोगीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

उत्कृष्ट पाँच प्रतिस्पर्धीहरुमा ल्हामो डोल्कर, राम लिम्बु, सन्दिप ढुंगाना, सरिता अधिकारी र कुन्साङ गुरुङ रहेका छन् । प्रतियोगिताको गायन प्रस्तुती मूल्यांकन गरी आफुलाई मन परेका प्रतियोगीलाई शनिबार दिउँसो १ वजेसम्म भोट गर्न सकिनेछ ।

विहिबार प्रतियोगिताबाट बाहिरिएसंगै उत्कृष्ट ६ मा पर्न सफल प्रतियोगी दिपेश भट्टचनले विग आईकनमार्फत आफ्नो गायन तिखार्ने मौका पाएको सुनाए । उनले विग एफएम साँगीतिक प्रतिभाहरुका लागि निकै ठूलो मञ्च भएको उल्लेख गर्दै आगामी चरणमा पुगेका अन्य प्रतिस्पर्धीलाई सफलताको कामना समेत गरे ।

विहिबारको प्रतियोगितामा विग आईकनको मुख्य प्रायोजक सामसुङ ग्यालेक्सी ग्राण्ड निओको नेपालस्थित अधिकृत विक्रेता ईन्टरनेशनल मार्केटिङ सर्भिसेजका मार्केटिङ म्यानेजर पुस्कल खतिवडाको समेत विशेष उपस्थिती रहेको थियो । उनले प्रतियोगिता निकै शानदार रहेको उल्लेख गर्दै प्रतियोगीहरुलाई सफलताको शुभकामना दिएका थिए ।

विग एफएमले पाँचौ सँस्करणको विग आईकनको ग्राण्ड फिनाले आगामी भदौ सात गने हुने जानकारी दिएको छ । ग्राण्ड फिनालेका लागि आयोजक संस्था विग एफएमले तयारी तिव्र पारेको जानकारी दिएको छ । ग्राण्ड फिनालेमा हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य प्रमुख अतिथिको रुपमा रहनेछन् । ग्राण्ड फिनालेमा उत्कृष्ट १० प्रतिस्पर्धीहरुको प्रस्तुती समेत रहनेछ ।

साँगीतिक रियालिटि शो विग आईकनको निर्णायकहरुमा संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा रहेका छन् । विहिबारको अडिसनमा गिटारिस्ट तथा अन्तराष्ट्रिय आर्चरी खेलाडी असिम शेरचन ‘पाहुना निर्णायक’को रुपमा सहभागि भएका थिए । उत्कृष्ट १० सम्मको अडिसनमा शत प्रतिशत निर्णायकहरुको भरमा रहेको प्रतियोगितामा त्यसपछि भोटिङको व्यवस्था रहेको छ । उत्कृष्ट १० पश्चात प्रतिस्पर्धीलाई अगाडि बढाउनमा ६० प्रतिशत अधिकार निर्णायकको रहनेछ भने ४० प्रतिशत स्रोताको एसएमएस भोटको हुनेछ ।

बिग आईकनको उपाधी जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटरका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक टुरको मौका पाउनेछन् । यस्तै, दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई चार वर्ष अघिदेखि लगातार मुख्य प्रायोजन गर्दै आएको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले यसपटक पनि साथ दिएको छ । प्रतियोगिताको सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स, सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन, प्रोमोटेड बाईमा द व्रिटिश कलेज, उपप्रायोजकमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी तथा सहप्रायोजकमा रबि अटोमोबाईल्स नयाँबजार र पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।

बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: