
काठमाडौ, श्रावण २२ –सभामुख सुवास नेम्वाङले डन दिनेश अधिकारी चरी हत्यकाण्डबारे यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । व्यवस्थापिका संसदको बैठकमा एमाले सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु बुर्लाकोटीले चरीको हत्या नियोजित रुपमा प्रहरीले गरेको भन्दै गृहमन्त्रीको जवाफ मागेका थिए ।
एमाले सभासदहरुले चरी हत्याबारे यथार्थ नआए संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले गृहमन्त्रीलाई शुक्रवारको बैठकमा यसबारे यथार्थ जानकारी गराउन रुलिङ गरेका हुन् । नेम्वाङले नेपालगन्जमा एक १८ वषर्ीया युवतीको बलात्कारको घटनाको पनि यथार्थ जानकारी गराउन रुलिङ गरेका छन् ।
एमाले धादिङका सांसदहरुले प्रहरी कारवाहीमा मारिएका दिनेश अधिकारी ‘चरी’ को गैरन्यायीक हत्या भएको भन्दै छानबिनको माग गरेका छन् । सभासदहरुले गृहमन्त्री बामदेव गौतमको आलोचना गर्दै प्रहरीले बर्दीको आडमा गैरन्यायिक हत्या गरेको आरोप लगाएका थिए । अधिकारीलाई चक्रपथभित्र पक्राउ गरी गैरन्यायीक हत्या गरेर भीमढुंगामा प्रदर्शन मात्रै गरिएको उनीहरुको दाबी छ ।
संसदको आजको वैठकमा बोल्दै एमाले धादिङका सभासद्हरु पाण्डे, तुलाधर र बुर्लाकोटीले घटनास्थलमा हवाई फायर भएको, चरीलाई ८ गोली लागे पनि घटनास्थलमा रगतको टाटा नभएको दाबी गर्दै गर्दै घटना सुनियोजित भएको जिकिर गरे । उनीहरुले घटनाको छानबिन गर्न माग गरेका छन् ।
एक प्रहरी अधिकृतको व्यक्तिगत प्रतिद्वन्द्वीताको कारण चरीको हत्या भएको उनीहरुको धारणा थियो । अधिकारीले विवाह गर्ने निश्चित गरेको खुश्वु ओलीसँग विवाह नगर्न ति प्रहरी अधिकारीले दबाब दिंदै आएको सांसदहरुको दाबी छ । सांसदहरुले ति प्रहरी निरीक्षकको नाम उल्लेख नगरे पनि उनी हनुमान ढोकाको केरकार शाखामा रहेको बताएका छन् । सभासदहरुले महानगरीय अपराध महाशाखाका एसपी पुष्कर कार्कीलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । उनीहरुले सरकारले घटनाबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरे । कोही अपराधी भए पनि पनि कानुन अनुसार कारवाही गर्नुपर्ने सांसदहरुको जिकिर थियो ।
चरीलाई मारिएको ठाउँमा एक थोपा रगत छैन
सभासद पाण्डेले चरीलाई चक्रपथभित्रै हत्या गरेर भीमढुंगामा नक्कली मुठभेड रचिएको आरोप लगाए । पाण्डेले भने । ‘यो हत्यामा संलग्नहरुलाई न्यायिक कारवाहीको दायरमा ल्याउन एसएसपी पुष्कर कार्कीलाई निलम्बन गरि छनबिन थाल्नुपर्छ’
प्रहरीले बर्दी लगाएर संगठित अपराध गरेको भन्दै उनले चरी अपराधी भए पक्राउ गरि कारवाही गर्नु पर्नेमा नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाए । ‘चरीलाई मारिएको ठाउँमा एक थोपा रगत छैन यसले पनि उनलाई बाहिर मारेर लगेको पुष्टि हुन्छ’ पाण्डेले भने ।
५० लाख रुपैयाँको लोभमा चरीलाई मारेको दाबी
सभासद् गुरुप्रसाद बुर्लाकोटीले संसदमा प्रहरीले ५० लाख रुपैयाँको प्रलोभनमा दिनेश अधिकारी चरीको हत्या गरेको दाबी गरेका छन्। उनले संसदमा बिहीबार भने, ‘हिजोको घटना ५ बजे भीमढुंगामा दिनेश अधिकारीको हत्या भएको प्रचार गरिए पनि हत्या अन्तै गरी त्यहाँ देखाइएको छ। हत्या भएको ठाउँमा रगत छैन।’
उनले स्थानीयले दोहोरो फाइरिङ भनिए पनि ५ राउन्डमात्रै भएको सुनेको बताए। उनले दिनेशको हत्या ५० लाख रुपैयाँको प्रलोभनमा भएको दाबी गरे। उनले भने, ‘गोली लागेको प्रहरी को हो? प्रहरीले ५० लाख रुपैयाँको प्रलोभनमा मारेको हो, अपराधी हो भने पनि कानुनी दायरामा कानुनअनुसार कारबाही गर्नुपर्छ। हत्या गर्न पाइँदैन। प्रहरी संलग्न व्यक्तिलाई निलम्बन गरी कारबाही गर्न माग गर्छु। सरकारी बर्दी लगाएर हत्या गर्नेविरुद कारबाही गर्न नसक्ने हो भने पुच्छरले हल्लाउने कुकुर चाहिँदैन। यो सरकार हट्नुपर्छ।’
को हुन प्रेमिका ?
एमाले सभासद्ले संसदमा चर्चा गरेकी चरीकी प्रेमिका हुन- पूर्व मिस टीन नेपाल खुश्वु ओली । सन् २००७ की मिस टीन ओली अहिले एक एनजिओ चलाएर बसेकी छिन् । प्रहरीले उनको घरबाट चरीले प्रयोग गर्ने गाडीसमेत बरामद गरेको थियो ।
बुधबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेकी ओलीले आफुलाई मन पराउने एक ब्यक्तिले पुलिस अफिसरको सहयोगमा दिनेशको हत्या गरेको दावी गरेकी थिइन् । ती ब्यक्तिलाई आफुले भाउ नदिएपछि पचास लाख खर्च गरेर भए पनि चरीको हत्या गर्ने धम्की दिएको उनको दावी थियो । आज एमाले सभासद्हरुले उनकै दावीमा टेकेर संसदमा बोलेका हुन् ।
केपी ओलीले भने– चरीको सुनियोजित रुपमा हत्या भएको हो
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कार्यकर्ता तथा कुख्यात गुण्डा नाइके दिनेश अधिकारी चरीको सुनियोति रुपमा हत्या भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् ।
उनले चरी हत्या प्रकरणको न्यायिक छानबिनको लागि पार्टीले पहल गर्ने समेत बताए । चरीको सुनुयोजित रुपमा हत्या दाबी गर्दै एमाले पार्टी कार्यालय बल्खु घेराउन गर्न पुगेका आफन्त र एमाले धादिङका नेता कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘घटनाका प्रकृति हेर्दा यो घटना सुनियोजित भएको प्रस्ट हुन्छ,’ ओलीले भने, ‘यसको छानबिन न्यायिक छानबिन हुनुपर्छ ’ उनले घटनाबारे सर्वदलीय संसदीय समिति वा निष्पक्ष न्यायिक समिति बनाएर घटनाको छानबिन हुनुपर्ने धारणा राखे ।
घटना सुनियोजित रुपमा भएको भन्दै एमाले छादिङका नेता कार्यकर्ता र पीडित परिवार नाराजुलुससहित बल्खु घेराउ गर्न पुगेका थिए । जसको नेतृत्व धादिङका सभासद राजेन्द्र पाण्डे, गंगाला तुलाधर, गुरु बुर्लाकोटीले गरेका थिए । उनीहरुले चरीको सुनियोजित हत्या भएको भन्दै निष्पक्ष छानविनको माग गरेका थिए
बल्खुमा एमाले नेता कार्यकर्ताले नाराजुलुस सहित धर्ना दिएपछि उच्च सतर्कता अपनाइएको थियो । घेराउका क्रममा आफन्त र कार्यकर्तालाई कार्यलयबाहिरै रोकिएको थियो भने पाण्डे, तुलाधर तगा बुर्लाकोटीलाई भित्रै प्रबेश दिइएको थियो ।
घटना संकाश्पद छानबिन गर्ने : गौतम
चरीको सुनियोजित हत्या भएको भन्दै कार्यकर्ता तथा परिवारले एमाले पार्टी कार्यालय घेराउ गर्नुअघि बिहान सोहि समुह गृहमन्त्री बामदेब गौतमलाई भेट्न गौतम निवास पुल्चोक पुगेका थिए । त्यहाँ पनि उनीहरुले घटना सुनियोजित भएको भन्दै न्यायिक छानबिन गर्न माग गरेका थिए । जवाफमा गौतमले घटना संकाश्पद भएको भन्दै छानबिन गर्ने बताएका थिए ।
धादिङ क्षेत्र नम्बर १ का पूर्व उपाध्यक्ष चरीको काठमाडौं र धादिङको सिमानामा पर्ने भीमफेदी भन्ने स्थानमा प्रहरी इन्काउन्टरमा हिजो मृत्यु भएको थियो ।
‘चरी’का समर्थक र प्रहरीबीच झडप, अस्पतालका सिसा फुटे
‘चरी’का समर्थकहरुले अधिकारीको हत्यामा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महारागन्जमा आज भेला भएका मृतक अधिकारीका सहकर्मीले प्रहरी आफँैले नियोजित तरिकाले घटना घटाएको आरोप लगाउँदै हत्यारालाई कारबाही नगरिएसम्म शव परीक्षणसमेत गर्न नदिने र शव कुनै पनि हालतमा नउठाउने बताए ।
वुधबार बेलुकी अस्पताल हातामा सामान्य झडप हुँदा अस्पतालको आकस्मिककक्षको मूल ढोकाको एउटा खापाको सिसा, बहिरङ्ग विभागको ढोका र झ्यालको सिसासमेत फुटेको अस्पतालले जनाएको छ ।
चरीलाई आफ्नै प्रेमिकाबाट धोका
‘चरी’ लाई उनकै प्रेमिका खुश्वु ओलीबाट धोका भएको खुलासा भएकोरातोपाटी डटकमले न्युज प्रकाशित गरेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बुधवार साँझतिर खुश्वु ओलीले चरीलाई भेट्ने भनि भिमगोला तिर बोलाएकी थिइन थिए त्यो पनि प्रहरीकै सल्लाहमा । भेष बदलेर पल्सर चढी खुश्वुलाई भेट्न भिमगोला तिर गइरहेका बेला सितापाइलाबाट नै पछ्याउँदै गइरहेका थिए । प्रहरी पछ्याउँदै गइरहेको बेलासम्म प्रहरी खुश्वुको सम्पर्कमा थिए । प्रहरीले आफूलाई पछ्याउँदैछ भनि थाह थिएन चरीलाई । यता, प्रहरी पनि एकान्त मौकाको खोजीमा थिए । त्यस्तो मौका पाउने वित्तिकै घेरा हाली अगाडीबाट गोली हानीको प्रहरी स्रोतले रातोपाटीलाई बताए ।
सात महिनादेखि प्रहरीले चरीलाई प्रहरीले मार्ने योजना बनाएको खुलासा स्वयं खुश्वुले नै गरेका छन् । प्रहरीको मोस्टवान्टेडमा रहेका चरी नेपाल छाडेर भारतमा बस्दै आएका थिए । भारतमा पनि ठाउँ परिवर्तन गरी गरी बस्दै आएका चरी खुश्वुको निरन्तर सम्पर्कमा थिए । प्रहरी स्रोतले भने, चरीसँग सम्पर्क गर्नका लागि खुश्वुले नयाँ नम्बर प्रयोगमा ल्याएकी थिइन् । तर , सेट उही पुरानो । पहिलादेखि प्रयोग गर्दै आएको मोवाइलसेटमा नै नयाँ नम्बर राखेपछि मोवाइलको आइए नम्बरबाट प्रहरीले नम्बर ट्रयाक गर्न सफल भयो । त्यसपछि प्रहरीले नियमित रुपमा खुश्वु र चरीबीचको सम्वादलाई रकेर्ड गर्न थाले ।
चरीलाई भारतमै गएर समात्ने योजना पनि थियो प्रहरीको तर सजिलो तरीकाले नेपालमै समात्ने भएपनि भारत गएर समात्ने रिश्क प्रहरीले लिएन । खुश्वुको माध्यमबाट नै चरीलाई समात्ने योजना प्रहरीले बनाए । त्यसपछि प्रहरीका एकजवानले खुश्वुसँग हिमचिम बढाउन थाले । प्रहरीले खुश्वुसँग सम्बन्ध बनाउनका लागि निकै समय लगाएका थिए । दुईबीच हिमचिम बढेपछि ती प्रहरीले खुश्वुलाई विश्वासमा लिने प्रयास गर्दै भनेका थिए, चरीलाई नेपाल बोलाएर आत्मसमर्पण गराउँ उसलाई केही हुँदैन त्यसको जिम्मा म लिन्छु । अहिले एमालेकै गृहमन्त्री छ, एमालेको त्यस्तो बोलबाला छ केही हुँदैन ढुक्क हुनुस् ।’ तर खुश्वुले शुरुमा प्रहरीको आश्वासनलाई पत्याएन ।
तर, प्रहरीले आफ्नो प्रयासलाई जारी नै राखे । प्रहरीले खुश्वुसँगको सम्बन्धलाई अझै घनिष्ठ बनाउनतिर लागे । खुश्वुलाई पटाउँदै गए, चरीका कारण तिमी पनि समस्यामा पर्छौ यही मौका हो, चरीलाई सेफ गर्न राजधानी बोलाई हाल, उसलाई केही हुँदैन भनेर बल्ल कुरा मिलाए । खुश्वुले चरीलाई काठमाडौ बोलाए । काठमाडौ आएर गोप्य रुपमा बस्दै आएका चरी भेष बदलेर हिडिरहेका थिए । त्यस्तो अवस्थामा पनि उद्योगपतिहरुलाई धम्काउँदै पैसा असुल्दै आएका थिए । त्यो कुराको पनि प्रहरी निगरानी गरिरहेका थिए । र, प्रहरीले खुश्वुलाई भनेर भेट्न बोलायो र त्यही बेला खहरै पारे ।
प्रहरीले स्रोतले भने, चरी काठमाडौ छिरिसकेपछि नै गृहमन्त्री वामदेव गौतम र एमालेका अध्यक्ष केपी ओलीलाई जानकारी गराईएको थियो । चरीलाई बचाउन ओलीले पनि ध्यान दिएन, जे गर्नु हुन्छ गर्नुस् भनि हरियो झण्डा देखाएका थिए । पछिल्लो समय माधव नेपाल समूहमा लागेका चरीलाई बचाउन गृहमन्त्री गौतमले पनि खासै ध्यान दिएन । अनि प्रहरीले पनि आफ्नो मिसन पुरा गर्न तिर लागे ।
चरीलाई प्रयोग गरेर व्यापारीसँग रकम असुल्थिन् उनकी प्रेमिका खुश्बु
चरीले प्रेमिका खुश्वु ओलीलाई ठगी धन्दामा प्रयोग गर्ने गरेको रहस्य खुलेको छ । घटनालाई राजनीतिकरण गरेर प्रहरी विरुद्ध जनमत सृजना गर्ने अभियानमा जुटेकी खुश्वुले विभिन्न व्यापारीहरुलाई लाखौं ठगेको समेत खुलेको छ । ओलीले अर्पण कोइरालासँगको प्रेम सम्बन्ध चिसिएपछि डन चरीतिर लागेर विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएको खुलेको हो ।
वलीले बिभिन्न व्यक्तिहरुलाई सरसापटको नाममा पैसा लिएर ठगी गर्ने गरेको रहस्य खुलेको हो । अर्पणसँग सम्बन्ध टुटेपछि डन चरीसँग नजिकिन पुगेकी वलीले चिनजानेका ब्यापारी तथा मिटर ब्याजमा पैसा लगानी गर्नेसँग सरसापटको नाममा पैसा लिने र फिर्ता नगर्ने गरेको आरोप उनीमाथि लागेको छ । मिस टिनको विजेता समेत रहेकी वलीले पछिल्लो समय न्यूरोडका ब्यापारी अमित मित्तललाई ५० लाख ठगी गरेकी छिन् । सापटको नाममा लिएको रकम फिर्ता नदिएपछि मित्तलले प्रहरीमा जाने बताएपछि मोडल वलिले आफ्नो ब्याईफ्रेन्ड चरीलाई प्रयोग गरी मित्तललाई थर्काउन लगाएकी थिइन् ।
