
रञ्जन अधिकारी पोखरा, २६ साउन । सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनको आगामी भदौ ७ गते हुने ग्राण्ड फिनालेमा चार प्रतिष्पर्धी पुगेका छन् । फाईनल राउण्डमा तीन जना भिड्ने भएपनि सोमबार चार प्रतिष्पर्धी मध्ये कुनै प्रतियोगी नबाहिरिएपछि चारै जना फाईनलमा पुगेका हुन् । ‘सोमबार चार कन्टेष्टेण्टबाट एक जना बाहिरिएर तीन फाईनालिष्ट चयन गरिने कार्यक्रम थियो ।’ आयोजक बिग एफएमका अध्यक्ष महेश भण्डारीले भने – ‘तर दुई प्रतिष्पर्धीको अंक बराबरी भएपछि चारै जना फाईनलका लागि योग्य बने ।’
फाईनलमा पुगेका सन्दिप ढुंगाना, राम लिम्बु, कुन्साङ गुरुङ र ल्हामो डोल्करमध्ये सर्वाधिक स्रोता मत प्राप्त गर्ने नै पाँचौ बिग आईकन बन्नेछ । सन्दिप ढुंगानालाई भोट गर्न BIG <SPACE> SD, राम लिम्बुलाई भोट गर्न BIG <SPACE> RL, कुन्साङ गुरुङलाई भोट गर्नका लागि BIG <SPACE> KG र ल्हामो डोल्करलाई भोट गर्नका लागि BIG <SPACE> LD टाईप गरेर ४३२१ मा पठाउन सकिनेछ ।
शत प्रतिशत निर्णय नै एसएमएस भोटिङबाट गरिनेछ । यसअघि, उत्कृष्ट १० छनौटसम्म निर्णयको सर्वाधिकार निर्णायकहरुमा निहित रहेको थियो भने उत्कृष्ट १० देखि उत्कृष्ट चारसम्मको छनौटमा निर्णायकको ६० र स्रोता एसएमएस भोटिङको ४० प्रतिशत निर्णय अधिकार रहेको थियो ।
मुलुकका ५० जिल्लाका आठ सय ९० प्रतिष्पर्धीमध्येबाट १७ औं चरणबाट फाईनालिष्टको टुंगो लागेको हो । पोखरा सभागृहमा हुने ग्राण्ड फिनालेमा सर्वप्रिय कलाकार मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य प्रमुख अतिथिको रुपमा पोखरा आउने छन् । प्रतियोगीले प्राप्त गरेको एसएमएस भोटको आधारमा टाईटल विजेता, फस्र्ट रनरअप, सेकेण्ड रनर अपको घोषणा हुने कार्यक्रम संयोजक संजोग बस्यालले बताए । बिजेताले एक लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर र एक हप्ते बेलायतको साँगीतिक भ्रमणको प्याकेज पनि पाउनेछन् । विजेताले बलिउड सुरपस्टार शाहरुख खानसंगै स्टेज शेयर गर्ने अवसर पाउने छन् । विजेताको लागि यो अवसर कान्साई नेरोल्याक पेन्ट्सले उपलब्ध गराउने भएको हो । यस्तै, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
सोमबारको राउण्डमा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी प्रमुख अतिथि रहेका थिए । अधिकारीले बिग एफएमले थालेको ठूलो अभियानले नगरबासीलाई गर्वित बनाएको उल्लेख गर्दै सफा शहर, पर्यटकीय शहर, उज्यालो शहरसँगै अब बिग आईकनले ‘हाम्रो शहर, संगीतको शहर’ बनाएको भन्दै खुशी प्रकट गरे ।
साँगीतिक रियालिटि शो विग आईकनको निर्णायकहरुमा संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा रहेका छन् । शनिबारको अडिसनमा गायक तथा संगीतकार सर्वज्ञमान शाक्य र बफिन्स ९८ का मेन भोकलिष्ट सञ्जीव गुरुङ ‘पाहुना निर्णायक’ को रुपमा कार्यक्रममा उपस्थित भएका थिए । उनीहरुले बिग एफएमले दिलाएको प्लेष्टफर्मबाट पोखराले गर्व गर्ने प्रतिभाहरुको जन्म भएको बताउँदै चारै जना उत्कृष्ट भएको बताए । साउण्ड पार्टनर एसके साउण्डका प्रोप्राईटर शेरबहादुर गुरुङले बिग एफएमको यो उत्कृष्ट अभियानमा आफू सधैं साथ दिन तयार रहेको उल्लेख गरे ।
दोस्रो संस्करणदेखि निरन्तर साथ दिँदै आएको सामसुङ मोबाईलले प्रतियोगिताको मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स, सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन, प्रोमोटेड बाईमा द व्रिटिश कलेज, उपप्रायोजकमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी तथा सहप्रायोजकमा रबि अटोमोबाईल्स नयाँबजार र पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेका छन् ।
बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।

