
काठमाडौं, २८ साउन । दक्षिण कोरियाको इन्चोजमा हुने १७ औं एशीयन गेम्समाका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीबाट १५ सदस्यीय टोलीको घोषणा गरेको हो । ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा भुवन कार्कीले स्थान बनाएका छन् ।
शरद भेसवाकर, सुवास खकुरेल शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, सोमपाल कामी र मेहबुब आलम पनि टोलीमा छन् । यस्तै बसन्त रेग्मी, जितेन्द्र मुखिया, प्रदिप ऐरी, रामनेरश गिरी र नरेश बुढायर पनि टोलीमा परेका छन् । रोजगारीका लागि जापान प्रस्थान गरेका राजकुमार प्रधानलाई बैकल्पिक खेलाडीमा राखिएको छ । उनीसँगै राहुल विक, पुष्प थापा र मंजित श्रेष्ठ बैकल्पिक खेलाडीमा परेका छन् । अरुण अर्याल प्रशिक्षक छन् ।
महिलातर्फ रविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ । ममता थापा उपकप्तान तोकिएकी छन् ।
