फुटबलको विश्व वारियतामा नेपाल दुई स्थान तल

Share:

काठमाडौँ, २९ साउन  – फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल दुई स्थान तल झरेको छ । उनान्सय अङ्क रहेको नेपाल दुई स्थान तल झर्दै १६६ औँ स्थानमा रहेको छ ।

यसअघि नेपाल १६४औँ स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रमा अफगानिस्तान सवैभन्दा माथिल्लो स्थान १२९ औँ मा यथावत नै रहेको छ ।

त्यस्तै माल्दिभ्स १४५ औँ स्थानमा यथावत छ भने भारत एक स्थानमाथि उक्लदै १५० औँ स्थानमा छ । एक स्थान माथि उक्लेको पाकिस्तान १६४, सात स्थान तल झरेको बङ्गलादेश १७०, श्रीलङ्का १७८ र भुटान २०८ आँै स्थानमा छ ।

विश्व वारियताको शीर्ष स्थानमा विश्वकप फुटबल प्रतियोगिता २०१४ को विजेता जर्मनी छ भने दोस्रोमा अर्जेन्टिना र तेस्रोमा नेदरल्याण्ड्स रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: