जननी तीज विशेष पश्चिमाञ्चल हस्तकला व्यापार मेलामा १ सय ५० स्टल

Share:

पोखरा, २९ साउन / कास्की पोखरा हस्तकला संघ र रेडियो जननीको आयोजनामा यही साउन ३१ गतेदेखि पोखरा प्रर्दशनी केन्द्रमा आयोजना हुने “जननी तीज विशेष पश्चिमाञ्चल हस्तकला व्यापार मेला २०७१ पोखरामा” १ सय ५० वटा स्टल रहने भएका छन ।

मेलामा हस्तकलाका ७०, कृषिका २५, रेष्टुरेन्टका १०, सूचना प्रविधिका १०, फ्लोरिकल्चरका ६ र बाँकी साधारण स्टल रहने मेलाका प्रचार प्रसार संयोजक बिमला भण्डारीले बताईन । नेपाल हस्तकला महासंघ मुख्य सहयोगीको रुपमा रहेको मेलामा कृषिमेला, पुष्पमेला, सूचना तथा प्रविधिहरुको प्रर्दशनी, विभिन्न सरकारी तथा गैर–सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रर्दशनी लगायत दैनिक उपभोग्य बस्तु, घरायसी सरसामान, लत्ताकपडा, तिज केन्द्रित श्रृंगारका सामाग्रीहरुको समेत प्रदर्शनी एवं बिक्री वितरण गरिने भएको भण्डारीले बताईन ।

यसै गरि मेलामा विविध प्रतियोगिताहरु आयोजना हुने भएका छन । खुल्ला तिज गीत प्रतियोगिता, गृहिणी एकल नृत्य प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, पानी पिउने प्रतियोगिता, घैँटो फुटाउने प्रतियोगिता, रस्साकसी, प्रतियोगिता, मुर्तिकला प्रतियोगिता हुने खेलकुद तथा प्रतियोगिता आयोजना हुने भएको मेलाका मुल संयोजक हिरा भट्टराईले बताईन ।

भदौ ८ गते सम्म चल्ने मेलाको थप आर्कषणमा देवताको प्रर्दशनी, दर खाने कार्यक्रम, राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारको प्रस्तुती, चमेनागृह, बालउद्यान तथा हाँस्य कलाकारहरुका मनोरन्जनात्मक लगायतका कार्यक्रमहरु राखिएको भट्टराईले बताईन ।

मेलाको १ लाख ५० हजार देखि २ लाख सम्म दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । मेला सम्पन्न गर्न ३८ लाख खर्च लाग्ने भट्टराईले बताईन । उक्त मेलाबाट ४० लाख आम्दानी गर्ने आयोजकले अपेक्षा गरेको छ । हस्तकला लगायत अन्य निर्यातमुलक उद्योगबाट उत्पादित सामानहरुको बजार प्रबबद्र्धन गर्नु, घरेलु उत्पादित सामानको प्रवद्र्धन गर्नु, नेपाली तथा बिदेशी हस्तकला आयातकर्ता विच व्यवावसायिक सम्बन्ध कायम गर्न लगायतको मुख्य उद्धेश्य रहेको भट्टराईले बताईन ।

 

कमेन्ट गर्नुहोस्
Share: