९ डिआईजीको एआईजीमा बढुवा, आफ्नो मान्छे राख्न मर्यादा वरियता मिचियो

Share:

काठमाडौं, साउन २९ / सरकारले ९ डिआईजीलाई एआईजीमा बढुवा गरेको छ। बिहीबार राती अबेरसम्म बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका ९ डिआईजीहरूलाई बढुवा गर्ने निर्णय गरेको छ।

बढुवा समितिले साढे २ महिनाअघि प्रक्रिया सूरू गरेको सात एआइजी बढुवालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टुंगो लगाएको हो।

सातजना मात्र डिआईजीको बढुवा गर्नुपर्ने भएपनि मन्त्रीहरूले आफ्नो पक्षमा मान्छेलाई पार्नका लागि रमेश शेखर बज्राचार्य र केदार साउदलाई पनि बढुवा गरेका हुन्।

लोकसेवा आयोग अध्यक्ष कयोदेवी यमी संयोजक, मुख्य सचिव लीलामणि पौडेल र कानुन सचिव भेषराज शर्मा सदस्य रहेको समितिले पहिले सिफारिसमा नपरेका नारायण वस्ताकोटी र गणेश राईलाई पनि बढुवा गरेको छ।

प्रहरी जवानसम्मकै वृत्तीविकासमा ‘चेन इफेक्ट’ परिरहेको बेला बल्ल आज बढुवा गरेहो हो।

‘सात एआईजीको बढुवा प्रकृया जेठ १३ गते सूरू भएको थियो।

बढुवा भएका डिआईजीहरू

राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शर्मा, विज्ञानराज शर्मा, गणेश राई, नारायण वस्ताकोटी प्रतावसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउद।

यसैगरी मन्त्रिपरिषदको आजैका बैठकले १० जना सहसचिवलाई कामु सचिवमा बढुवा गरेको छ।

बढुवा हुनेहरूमा

प्रेमचन्द्र राई- अख्तियार अनुसन्धान दुरूपयोग आयोग
ईश्वरी पौडेल – जल तथा उर्जा मन्त्रालय
जीवनप्रभा लामा- राष्ट्रिय सूचना आयोग
शरदचन्द्र पौडेल – वन मन्त्रालय
खुमराज कुन्जेली – शान्ति तथा पुनर्निर्माण मन्त्रालय
टंकमणि शर्मा – सार्वजनिक खरिद आयोग
सुशीलबहादुर मल्ल- सूचना तथा सञ्चार
पूर्वाञ्चल क्षेत्रीय प्रशासक विराटनगर- अन्नपूर्णानन्द दास
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक- दिनेश थपलिया
सुर्खेतमा क्षेत्रीय प्रशासक- विजयकुमार मल्लिक

Source: Setopati

कमेन्ट गर्नुहोस्
Share: