जहाज दुर्घटनामा राष्ट्रपति उम्मेदवारको मृत्यु

Share:

साउन २९ – ब्राजिलको साओ पाउलो राज्यमा भएको जहाज दुर्घटनामा राष्ट्रपति चुनावका उम्मेदवार एडुआर्डो कम्पोस सहित सात जनाको ज्यान गएको छ ।

दुर्घटनामा कम्पोस, उहाँको चुनावी अभियानका फोटोग्राफर, प्रेस सल्लाहकार, विमान चालक सहितका ७ जनाले ज्यान गुमाएका बिबिसीले जनाएको छ ।

रियो दि जेनेरियोबाट गुआरुजा विमानस्थलतर्फ जाँदै गर्दा कम्पोस चढेको जहाज साओ पाउलो राज्यको सान्तोस शहरमा खराब मौसमका कारण दुर्घटनामा परेको हो । ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुका साथै चुनावी अभियान अन्तर्गतका कार्यक्रम रद्ध गर्नुभएको छ ।

चुनावमा आफ्ना प्रतिद्वन्दी रहेका कम्पोसलाई महान राजनीतिक नेता भन्दै राष्ट्रपति रुसेफले शोक व्यक्त गर्नुभएको छ । ४९ वर्षका कम्पोस उत्तर पूर्वी पर्नाम्बुको राज्यका पूर्व गर्भनर हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्
Share: