काठमाडौं, साउन ३० । मलेसियामा जारी एसीसी यू-१६ प्रिमियर क्रिकेटमा नेपालले सिंगापुरलाई ४९ रनले पराजित गरेको छ ।
किनरारा मैदानमा १ सय ४४ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको सिंगापुरलाई ३५ दशमलब २ ओभरमा ९४ रनमै अलआउट गर्दै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन शराफ एक्लैले चार विकेट लिए ।
यसअघि किनरारा ओभलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । नेपालका लागि कप्तान सुमित महर्जनले ४१ रन तथा प्रशान्त थापाले ३२ रनको जोडे ।
कमेन्ट गर्नुहोस्
