लिटिल स्टेप यू–१२ ह्याण्डबल प्रतियोगिता: छात्रतर्फ सैनिक र छात्रातर्फ उपाधि माउन्ट अन्नपुर्ण

Share:

पोखरा २, भदौ / पाँचौ संस्करणको लिटिल स्टेप १२ बर्षमुनिका खेलाडीहरु सहभागि छात्र÷छात्रा (यु–१२, प्रावि स्तरीय) ह्याण्डवल प्रतियोगितामा छात्रतर्फ सैनिक आवासिय महाबिद्यालयले उपाधि रक्षा गर्दा छात्रातर्फ भने माउन्ट अन्नपुर्ण उच्च माविले उपाधि जितेको छ ।

आयोजक लिटिल स्टेप उच्च माविको खेल मैदानमा सोमबार भएको फाईनल खेलमा सैनिक आवासियले सोसल पब्लिक स्कुललाई ९ को बिरुद्ध ११ गोल अन्तरले पराजित गर्दै उपाधि जित्दा छात्रा तर्फको फाईनलमा माउन्ट अन्नपुर्णले आयोजक लिटिल स्टेपलाई ९–६ को गोल अन्तरले पराजित गरी उपाधि रक्षा गरेका हुन ।

छात्रातर्फ सरस्वती बिद्याश्रमले सैनिक आवासियलाई ५–३ को गोल अन्तरले पराजित गर्दै तेश्रो भयो भने छात्रतर्फ भएको अर्को खेलमा ज्ञान ज्योति बिद्याकुन्जले मनकामना बोर्डिङ स्कुललाई ६–५ को झिनो गोल अन्तरले पराजित गर्दै तेश्रो स्थान हासिल गरेका हुन ।

प्रतियोगितामा छात्रातर्फ माउन्ट अन्नपुर्णकी सुवि खड्का उत्कृष्ट हुदा छात्रतर्फ सैनिक आवासियका सिद्धार्थ उत्कृष्ट भए । लिटिल स्टेपकी प्राप्ती गुरुङले २० गोल गरी छात्रातर्फ सर्वाधिक गोल कर्ताको उपाधि प्राप्त गर्दा छात्रतर्फ १२ गोल गरेका सोसल पब्लिकका जनक रानाले उक्त उपाधि जिते ।

कास्की जिल्ला ह्याण्डवल संघको प्राविधिक सहयोगमा संचालन भएको प्रतियोगितामा छात्रतर्फ १७ टिमको सहभागिता रहेको थियो । ग्लोवल कलिजियट उच्च मावि छात्रातर्फ अनुसासित टीम घोषित भयो भने छात्रतर्फ अल्फा बोर्डिङ घोषित भएको हो । गत साउन ३० गतेदेखि संचालन भएको उक्त प्रतियोगिता अन्र्तगत छात्रातर्फ १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने छात्र÷छात्रालाई ७ हजार, दोश्रो हुनेलाई ५ र तेश्रो हुनेलाई ३ हजारको साथमा ट्रफी मेडल प्रमाणपत्र वितरण गरीएकोे खेल संयोजक विनोद गिरीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई ट्रफीको साथमा एक हजार पुरस्कार प्रदान गरीएको छ । अनुसासित टोलीलाई ट्रफिको साथमा ग्रिन बोर्ड प्रदान गरीएको छ । फ्रि क्यास रुम नेपालले उक्त वोर्ड प्रदान गरेको हो ।

विजयी खेलाडीहरुलाई सशस्त्र प्रहरीका डिआईजी नारायण बाबु थापा, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङ, सदस्य केशव पाठक, बिद्यालयका निर्देशक तथा कास्की जिल्ला ह्याण्डवल संघका अध्यक्ष शेरबहादुर गुरुङ, बिद्यालय ह्याण्डवल संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारी पन्चकोसी आर्थर डाँडा समाजका अध्यक्ष क्याप्टेन लाल काजी गुरुङ, विद्यालयकी प्राचार्य पम्फा गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

निजी तवरबाट खेलकुदको विकास गर्न, ह्याण्वडल खेललाई वालवालीकाको सहज पहुँच पु¥याई यसको प्रभाव क्षेत्र विस्तार गर्न, खेलकुदको माध्यमबाट आपसी भाईचाराको सद्भाव, सहकार्य तथा सहभावना सहितको अनुशासनको महत्व वालवालीकालाई जगाउन, अभिभावकहरुलाई पनि खेलकुदले बालवालीकालाई पार्न सकरात्मक प्रभावको बारे बोध गराउन प्रतियोगितालाई निरन्तरता दिएको निर्देशक गुरुङले जनाए ।

Photo : Dinnath Baral

कमेन्ट गर्नुहोस्
Share: