लुटेराको गोली लागेका भगवान बराल न्युरो हस्पिटलबाट डिस्चार्ज भए

Share:

दिननाथ बराल पोखरा ३, भदौ / लुटेराको समुहबाट गोली लागी गम्भीर घाईते भएका यति डेभलपमेन्ट विकास बैंकका कर्मचारी भगवान बराल मंगलबार काठमाण्डौको न्युरो हस्पिटलबाट डिस्चार्ज भएका छन ।

१५ दिन पछि पुनः एक पटक देखाउने गरी हाल न्युरो हस्पिटलबाट डिस्चार्ज गरी फिजीयोथेरापी गर्न चक्रपथको वेलनेस हस्पिटलमा लगिएको उनका आफन्त खडानन्द बरालले बताए । खडानन्दका अनुसार घाईतेको बरालको उचारको लागि यति डेभलपमेन्ट बैंकले करीब १६ लाख खर्च गरेको छ ।

घाईते बरालले हाल सामान्य खाने, बोल्ने अबस्तामा फर्किए पनि राम्रोसंग हिडडुल गर्न भने सक्ने अबस्थामा छैनन । देब्रे आँखा सहितको भागमा गोली लागेको कारण दाहिने हर सहितको हात खुट्टा राम्रोसंग नचलेको घाईते बरालले बताए । मोवाईलबाट कुरा गर्दै उनले भने म ठुलो कालबाट बाचे अब म जस्ता व्यक्तिहरु माथि गोली हान्ने उपर प्रहरीले कारवाही गर्नुपर्दछ ।

लुटेराको समुहले गत वैशाख १५ गते गोली प्रहार गरी रकम लुटेर फरार भएका लुटेराको समुहलाई छिटो पक्राउन गर्न पिडितका आफन्तले माग गर्दै आए पनि हालसम्म प्रहरीले कुनै पत्तो पाएको छैन । कास्कीको पुम्दी भुम्दी–४ घर भएका २२ बर्षीय बरालका बाबु टंकराज बराल र आमा तुलसी बराल शारीरिक रुपमा अपाङग छन । उनका बाबु टंकराजले प्रहरी प्रसासनले छिटो भन्दा छिटो लुटेराको समुहलाइ पक्राउन गरी कावाहीलाई अगाढी बढाउन माग गरे । पोखराको न्युरोडमा रहेको मेगा वचत ऋण सहकारी संस्थाबाट रकम लियर बैंकमा जार्दैै गर्दा सहकारीको तल्लो तलाको गल्लीमा लुटेरेका समुहले बराललाई गोली प्रहार गरी ३१ लाख रुपैया लुटेर फरार भएका हालसम्म प्रहरीले उनीहरुलाई पक्राउन गर्न सकेको छैन।

 

कमेन्ट गर्नुहोस्
Share: