पोखरा, ४ भदौ / ५१ दिन सम्मको यात्रामा नाईँ न भन्नू ल २ ले गरेको पाँच करोड कलेसक्नको रेकर्डलाई कोहिनूरले तोडेको छ । श्रीकृष्ण श्रेष्ठको निधनसंगै उकालो लागेको कोहिनूरको ब्यापार पहिलो हप्ता २ करोड ८ लाख १७ हजार ८ सय ६० थियो । पहिलो हप्ता पनि नाईँ न भन्नू ल २ को रेकर्डलाई ५० हजार ८ सय ६० रुपैयाले जितेको थियो कोहिनूरले ।
१२ दिन अर्थात हिजो मंगलबार सम्मको ब्यापारिक आँकडालाई केलाउने हो भने कोहिनूरले ५ करोड ५ लाख ८ हजार ८ सय ६० रुपैयाको कुल ग्रस कलेक्सन गरेको छ । कोहिनूरको यो कलेक्सन फिल्मी ईतिहासकै सवै भन्दा छिटो कलेक्सन हो ।
५ करोड ग्रस कलेक्सनबाट निर्मातालाई हात पर्ने रकम१ करोड ९० लाख करिब हुन्छ । फिल्मको लगानी १ करोड भनिएकाले खर्च कटाएर निर्माताको भागमा ९० लाख र आगामी दिनको कलेक्सन सहित ओभरसिज राईट, डिजिटल राईट सवै नाफाको आँकडा भित्र पर्ने रकम हुन ।
दर्शकले श्रीप्रतिको सम्मान भन्दै हलमा उत्तिकै उत्साहका साथ उपस्थिती देखाईरहेका छन् । यो ब्यापारको रफ्तार अझै केही समय चल्ने वितरक एवं प्रदर्शकहरुको तर्क छ । गत शनिबार ९ औँ दिनका दिन कोहिनरले ९७ लाखको आक्रमक कारोबार गरेर भुत न भबिष्य हुने गरी एक दिने रकेर्ड पनि कायम गरेको छ ।
