पोखरा ११ भदौं । पोखरा उद्योग वाणिज्य संघको आगामी ३० औं महाधिवेशनका लागि वर्तमान अध्यक्ष संञ्जिब बहादुर कोइराला र प्रथम उपाध्यक्ष विन्दुकुमार थापाको समुहले उम्मेदवारी दर्ता गरेका छन् ।
कोइराला पक्षका अंिधकांस कार्यसमितिका सदस्य पदका उम्मेदवारले मंगलवार उम्मेदवारी दर्ता गरे भने अध्यक्षका उम्मेदवार कोइरालाले बुधवार दर्ता गरे । अध्यक्षका अर्का उम्मेदवार विन्दु थापाको समुहले बुधबार एकैपटक निर्वाचन समितिको सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गरे । उम्मेदवारी मनोनयन गर्नु अघि थापाको समुह र समर्थकसहित न्यूरोडबाट चिप्लेढुङ्गा, महेन्द्रपुल, पालिखेचोक हुदै सचिवालय सम्म ¥याली निकालेको थियो । ¥यालीकै क्रममा पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठले थापा समुहलाई शुभकामना दिएका थिए ।
उम्मेदवारी दर्ता पछि आयोजित कोणसभामा बोल्दै अध्यक्षका प्रत्यासी विन्दुकुमार थापाले आफ्नो उम्मेदवारी एक व्यक्ति एक कार्यकालको लागि भएको प्रष्ट पारे । अध्यक्ष पदमा निर्वाचित गरेको खण्डमा दुई वर्षे कार्यकाल पुरै संघलाई प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा व्यवसायी टिका पौडेलले अग्रिम बधाई दिदै खादा लगाएर सम्मान गरेका थिए । संघको तत्कालीन अध्यक्ष रमेश कर्मचार्यको समयदेखि पोखरा उद्योग वाणिज्य संघमा एक व्यक्ति एक नेतृत्वको आवाज उठ्दै आएको छ । कर्मचार्यले सोहि नाराका साथ एक दशक अघि चुनाव जितेका थिए ।
नाताले संघका वर्तमान अध्यक्ष कोइराला र विन्दुकुमार थापा ज्वाँइ जेठान हुन् । संघको प्रथम उपाध्यक्ष भएर दुई पटक जिम्मेवारी सम्हालीसकेका थापाले २९ औं महाधिवेशनमा पारिवारिक दबाबका कारण संघको नेतृत्व अन्तिम समयमा ज्वाँइलाई सुम्पेका थिए । उम्मेदवारीको अन्तिम नामावाली प्रकाशन पश्चात थापाले कोइरालालाई अध्यक्ष पदमा समर्थन गरेका थिए । कोइरालाले सहमति अनुसार थापालाई मनोनीत सदस्यबाट ल्याएका हुन् ।
तर द्धितीय उपाध्यक्ष र उपमहासचिवमा पूर्व सहमति अनुसार पदाधिकारीमा नल्याएकाले शुरुका समयमा कोइरालासँग असतुष्टि व्यक्त गरेको थापाले बताउदै आएका छन् । यता कोइरालाले भने आफूलाई पुरै कार्यकाल असहयोग भएकाले बाँकी काम पुरा गर्न पुनः अध्यक्षतमा उम्मेदवारी प्रस्तुत गरेको बताए ।
आगामी भदौ १३ गते ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको निर्वाचन समितिका संयोजक तिर्थ श्रेष्ठले जानकारी दिएका छन् । गएको चुनावमा थापाले अन्तिम समयमा आएर कोइरालालाई साथ दिएकाका थिए ।
भदौ २० र २१ गते संघको ३०औ महाधिवेशन तथा ६० औ साधारणसभा हुदै छ । संघमा २ हजार २ सय ५८ मतदाता रहेका छन् ।थापाको समुहमा वर्तमान कोषाध्यक्ष रविन्सन प्रजुसहित पूर्व उपाध्यक्ष देवक्षेत्री र कार्यसमितिका सदस्यहरु मिनराज काफ्ले, दीलिपराज श्रेष्ठ, विन्दु कोइराला
सुवेदी, प्रकाश देव पालिखे, पवन प्रजापति छन् । यसैगरि पुष्पराज पराजुली, सीता गुरुङ, गिरीधारी शर्मा र नारायण पौडेल, जनकराज पराजुली र हरिराज पन्त नयाँ उम्मेदवार छन् ।
