मलेसियामा नेपालीहरुलाई यातना , नेपाली दुतावास रमिते, , ४२ नेपालीको अवस्था अज्ञात

Share:

प्रेम सुनार, गुल्मी, भदौ १२– मलेसियास्थित जेसीवाई टेक्नोलोजी कम्पनीले नेपालीहरुलाई चरम यातना दिने गरेको त्यहाँ कार्यरत नेपालीहरुले बताएका छन् । एक नेपालीको मृत्यु भएपछि आन्दोलनमा रहका नेपालीहरुलाई कम्पनीले प्रहरी लगाएर चरम यातना दिँदै आएको पीडितहरुले बताएका छन् ।

गत सोमवार एक नेपालीलाई कम्पनीले उपचारमा वेवास्ता गरी उनको मृत्यु भएपछि सो कम्पनीका सबै कामदार आन्दोलनमा उत्रेका छ ।गुल्मीको ईस्मारजस्थल–९ घर भई जोहरबारु स्थित सोहि कम्पनीमा कार्यरत केशव कुँवरले कम्पनीका विभिन्न ब्राञ्च गरी १५ सय भन्दा बढि नेपालीहरु आन्दोलनमा उत्रिएर काम ठप्प पारेका छन् ।
सोमवार त्यस कम्पनीको तेब्राउ शाखामा ताप्लेजुङ्गका हर्कबहादुर निरौला काम गर्दा गर्दै विरामी परेका थिए । विरामी उनलाई कम्पनीले अस्पताल लैजान नदिएर जवरजस्ती काममा लगाएको र पछि उनि सकिस्त भए पछि नेपालीहरुले अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो ।

त्यस विरुद्ध आन्दोलनमा उत्रेका नेपालीहरुलाई उक्त कम्पनीले प्रहरी लगाएर चरम दमन गर्दै आएको नाम उल्लेख नगर्ने सर्तमा सोहि कम्पनीका कार्यरत धादिङका एक युवाले बताए ।आन्दोलनको सुरुवात मैं आन्दोलनका मुख्य नाई केहरु भन्दै प्रहरीले २५ जना नेपालीहरु पक्राउ गरी बेपत्ता पारे पछि शान्तिपुर्ण आन्दोलन हिंसक बन्दै गएको गुल्मीका कुँवर बताउँ छन् ।

कुँवरले अनुसार कम्पनीमा आगाजनी, तोडफोले स्थिती तनावग्रस्त बन्दै गएको छ । आन्दोलनकारी नेपालीहरुलाई प्रहरीले १० किलो तौलको सिमेन्टको भलिवल बनाएर खेल्न लगाउने र भुँईमा खसाले निर्घात कुट्ने, मुखमा तातो पानी खन्याई दिने, अश्रुग्यास हान्ने जस्ता चरम दुव्यवहार हुँदा समेत मलेसियास्थित नेपाली दुतावास रमिते बनेको कुवँरले आक्रोस पोखे ।

कम्पनीको ज्यादती दिन प्रति दिन हिंसक बन्दै गए पछि कुँवर त्यस कम्पनीको लिडर भएको नाताले सम्पुर्ण नेपालीहरुलाई आन्दोलनमा उत्रारेको बताउँ छन् । पछिल्लो जानकारी अनुसार २ जना बंगाली सहित ४२ जना नेपालीहरुलाई प्रहरीबाट पक्राउ गराएर बेपत्ता पारिएको छ । सो कम्पनीको मलेशियाका विभिन्न राज्य र अन्य मुलकमा समेत ब्राञ्च भएको बताईएको छ ।

आन्दोलनरत नेपालीहरुका अनुसार विभिन्न मुलुकका कामदार माथी त्यस कम्पनीले चरम श्रम शोषण र दमन गर्दै आई रहेको छ । प्रहरी र नेपाली दुतावास संग मिल्ने र नेपाली कामदारको शोषण गर्न पल्केको उक्त कम्नीले ओभर टाईम काममा लगाएको पैसा नदिने , होस्टलमा पानी , विद्युत लगायत दिनु पर्ने सुविधा नदिने र विरामी पर्दा उपचार गर्न जाने अनुमति पत्र नदिने गरेको नेपालीहरु बताउँ छन् ।

कुँवरलगायतका विभिन्न जिल्लाका नेपालीहरुले नेपाल सरकारबाट सहयोग नपाएको भन्दै सञ्चारमाध्यमबाट उद्दारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन आग्रह गरेका छन् । प्रहरीको कुटाईबाट कैयौं नेपाली थला परेको बताईएको छ । कुटाई र चरम यातानाले आफुहरुको मृत्यु नै हुने हो कि भन्ने डरमा रहेको उनिहरुले बताए ।

यस प्रति मलेशियाको नेपाली राजदुतावास गम्भीर नभएको आन्दोलनरत नेपालीहरुको गुनासो । राजदुतावासका अधिकारीसंग पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

कमेन्ट गर्नुहोस्
Share: