
माधब पनेरु पोखरा, १६ भदौ /ट्याक्सी व्यवसाय समिति पोखरामा आर्थिक अनियमितता भएको सार्बजनिक भएको छ । पोखराको एक साप्ताहिक पत्रिकाले उक्त न्युज बाहिर ल्याएपछि समितीमा खैलाबैला मच्चिएको छ ।
यातायात व्यवसायी संघ संस्थाहरुले एकाधिकार मच्चाउने क्रममा थुप्रै अनियमितता गरेको भन्दै संस्था भित्रैवाट छानविनका लागि राज्यका स्वतन्त्र संवैधानिक निकायको ढोका ढकढक्याउन पुगेका छन्। पोखरामा २०६३÷९÷१८ देखि यता यातायात व्यवसाय व्यक्तिको स्वतन्त्र पेशावाट वर्जित भएर संस्थागत व्यवसायी राष्ट्रिय महासंघको चँगुलमा रहेपछि सरकारी वाटोमा गुड्न रुटमा लाखौं रुपैया खर्च गर्नुपर्ने अवस्था छ । यसरी संकलन गरिएको पैसा यातायात कार्यालय हँुदै विभागदेखि मन्त्रालयसम्म पुग्ने गरेको खवरहरु आइरहेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौंमा आफ्नो सकृय उपस्थिति जनाइरहेता पनि पोखरामा भने सकृयता न्यून रहेको भन्दै उजुरी परेका विषयमा समेत छानविन नगरेको भन्दै नागरिक हरुले चिन्ता व्यक्त गरेको छन्।
गत असार २२ गते आख्तियार पोखरा कार्यलयलाई सम्वोधन गरि आवश्यक कारवाही गरि पाउ भन्ने व्यहोराको उजुरीको छाँयाप्रतिमा ट्याक्सी व्यवसायी समिति पोखराले यातायात व्यवस्था कार्यालय सँग मिलेमतो गरि ६३ वटा ट्याक्सी दर्ता गरेर प्रति ट्याक्सी ३ लाख ३० हजार का दरले संकलन गरि झण्डै २ करोड १२ लाख रुपैया अनियमितता गरेको भन्दै सत्य तथ्य छानविन गर्न आग्रह गरिएको स्रोतले बताएको छ । यस्तो उजुरी परेको २ हप्ता वितिसक्दा पनि छानविन गर्न आख्तियारले आलटाल गरेको भन्दै निवेदकले निराशा व्यक्त गरेका छन्।
ट्याक्सी ब्यबशायि समितिका पदाधिकारीहरुको बारेमा जिल्ला प्रसासन कार्यालय कास्कीले छानविन प्रकृया शुरु गरि लिखित स्पष्टिकरण माग गरेको छ । सोमबार समितीले पनि लिखित जवाफ पठाएको बुझिएको छ । करोडौको हिनामिना भएको उजुरी परेकोमा आवश्यक कागजात, डाटा रहेको कम्प्युटर लगायतका प्रमाण रहेको कम्युटर प्रसासनले जफत नगरेकोले आरोपीले प्रमाण लुकाउन सक्ने निबेदकको आरोप छ । प्रसासनले कम्युटर लगायतको कागजपत्र जफत नगरेर प्रमाण लुकाउन समय दिएको निबेदकले बताए । प्रशासनले कार्यालयमा छापा मारी आवश्यक प्रमाण जुटाउन आलटाल गर्नु रहस्यमय भएको उनिहरुले बिग एफ. एम संग बताए ।
(न्युज र फोटोमा कुनै सम्बन्ध नरहेको स्पष्ट पारिन्छ ।)
