
पर्वत , भदौ १८- सँगै जीउने सँगै मर्ने कसम खाएका दम्पतीको सँगै नै निधन भएको घटना बिरलै सुनिन्छ । पर्वतको बाजुङ्गमा श्रीमानको निधन भएको दुई घण्टापछि श्रीमतीको पनि निधन भएको छ ।
बाजुङ्ग गाउँ बिकास समिति वडा नं ९ का ९१ बर्षिय बृद्ध रुद्रबहादुर बिक र उहाँकी ८१ वर्षकी श्रीमती छलिदेबी बिकको दुई घण्टाको बिचमा कालगतीले नै निधन भएको हो । २०४४ सालमा जनपक्षीय वडा अध्यक्ष रहेका रुद्रबहादुरको मंगलबार बिहान साढे दश बजेको समयमा निधन भएको हो भने श्रीमती छलिदेबीको निधन दिउँसो साढे बाह्रमा भएको हो ।
दुई घण्टाको फरकमा निधन भएका दुबैको बुधवार मोदी बेणीघाटमा एउटै चित्तामा दाहसंस्कार गरिएको स्थानियबासी भक्त कुवँरले जानकारी दिनुभयो ।
एउटै नाम्लोमा झुण्डिएर दम्पतीले गरे आत्महत्या
तनहुँ जामुनेका एक दम्पतीले एउटै नाम्लोमा झुण्डिएर आत्महत्या गरेका छन् । जामुने गाविस ९ दुर्बङका २३ वर्षका सुबास नेपाली र २१ वर्षकी श्रीकला नेपालीले टुली भन्ज्याङ्ग सामुदायिक वन परिसरको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मंगलबार घाँस काट्न भनेर हिडेका श्रीमान्–श्रीमती घर नफर्किए पछि बुधबार खोजी गर्ने क्रममा घरदेखी करिब डेढ किलोमिटर टाढाको जंगलमा झुण्डिरहेको अवस्थामा दुवै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँको मुद्दा शाखामा कार्यरत विष्णु थापाले जानकारी दिनुभयो । जामुने –८ माइती भएकी श्रीकला र सुबास बिच एक वर्ष अघि मात्र विवाह भएको थियो ।
श्रीकलाले लामो समयदेखि टाउको सम्बन्धी औषधि सेवनसँगै उपचार गर्दै आएको साथै सुबासले समेत निरन्तर औषधि प्रयो
