एन्फा कप: सेमिफाइनल समिकरण पूरा, संकटा सेमिफाइनलमा

Share:

काठमाडौं, २० भदौ / मोरङ फुटबल क्लवलाई हराउँदै संकटा क्लव एन्फा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

यससँगै सेमिफाइनल समिकरण पूरा भएको छ । झापा फुटबल क्लब, सशस्त्र प्रहरीको एपीएफ, आर्मी र शंकटा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा मोरङलाई १–० ले हराउँदै संकटा अन्तिम ४ मा पुगेको हो । संकटालाई जिताउन खेलको एक मात्र गोल वर्षात गुरुङले खेलको ५१ औं मिनेटमा गरे ।

संकटाले अब फाइनल प्रवेशका लागि २३ गते नेपाल आर्मीसँग खेल्ने छ । २२ गते हुने अर्को सेमिफाइनलमा भने झापा फुटबल क्लव र सशस्त्र प्रहरीको एपिएफ क्लवले खेल्ने छन् ।

 

कमेन्ट गर्नुहोस्
Share: