रञ्जन अधिकारी पोखरा, २१ भदौ/ पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बिन्दु कुमार थापा निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रतिष्पर्धी सञ्जीवबहादुर कोईरालालाई थापाले २५९ मतले पछि पारेका हुन् ।
नातामा ज्वाईं जेठान रहेका निवर्तमान अध्यक्ष कोईराला र प्रथम उपाध्यक्ष थापा सहमतिको प्रयास समेत नगरी प्यानल नै खडा गरेर चुनावी मैदानमा होमिएका थिए । थापाले ११ सय ४६ र कोईरालाले ८ सय ८७ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए ।
थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा देव क्षेत्री, द्धितिय उपाध्यक्षमा मिनराज काफ्ले, महासचिवमा रविन्द्र बहादुर प्रजु, कोषाध्यक्षमा दिलिप कुमार श्रेष्ठ र उपमहासचिबमा प्रकाश देव पालिखे चयन गरेको छ । कार्यसमिति सदस्यमा थापा पक्षका ८ र कोइराला पक्षका निवर्तमान महासचिव नारायण कोईराला र उपमहासचिव हिरा भट्टराई लगायत ६ जनाले जीत हात पारेका छन् । १४ सदस्यको लागि २७ जना चुनावी मैदानमा थिए । प्रायः सहमतिमा चयन हुने एक एसोसियट सदस्यमा अर्जुन पोखरेल भाग्यमानी ठहरिए । अमरबहादुर केसीसँग प्रतिष्पर्धामा उत्रिएका पोखरेल बराबरी २० भोट भएपछि गोलाप्रथाबाट विजयी बने ।
अध्यक्ष पदमा:
विन्दु कुमार थापा ११४६
संजिव बहादुर कोइराल ८८७
कार्यसमिति सदस्यपदका विजय उम्मेदवारहरु:
देव क्षेत्री १५४५
प्रकाश देव पालिखे १२९६
हिरा भट्टराई १२८६
नारायण कोइराला १२८५
रविन्द्र बहादुर प्रजु १२७५
दामू अधिकारी १२६८
सिता गुरुङ १२५९
विश्वशंकर पालिखे १२३९
मिनराज काफ्ले १२३८
दिलीपराज श्रेष्ठ १२४२
ईश्वर प्रसाद कर्माचार्य १२२१
विन्दु कोइराला सुवेदी १२१३
पवन प्रजापति ११०४
दिलीप सुबेदी १०४०
कार्यसमितिका लागी उठेका उम्मेदवारहरु:
अनिल सिग्देल ८४२
अमृत पोख्रेल ४३३
गिरधारी शर्मा ६९८
जनकराज पराजूली ८८०
देवकृष्ण काफ्ले ६८२
धनिराम वराल ८३६
ध्रूवराज वराल ३८०
नारायण पौडेल ७४०
पुष्पराज पराजुली ७८७
बलराम पहारी ८६२
मंगल नेपाली ७६१
रामबहादुर बसेल ९५९
हरिराज पन्त ६५५
एशोसिएट सदस्य:
अर्जुन पोखरेल २० विजयी
अमुर बहादुर केसि २०
नवनिर्वाचित अध्यक्ष थापाले आफूलाई जिताएकोमा सम्पूर्ण व्यवसायीलाई धन्यवाद ज्ञापन गरे । ‘मैले प्रतिबद्धता गरेअनुसारका कामहरु गर्नेछु । व्यवसायिक र संगठनात्मक हितमा लागिपर्नेछु । सबैलाई मिलाएर अघि बढ्नेछु ।’ निर्वाचित भएलगत्तै बिग न्युजसँग कुरा गर्दै थापाले भने– ‘पारिवारिक रिलेशन सामान्य बनाउन पहल गर्नेछु ।’
बिन्दु कुमार थापा समुहबाट बर्तमान कोषाध्यक्ष रबिन्सन प्रजु सहित देव क्षेत्री , बिन्दु कोईराला सुबेदी, मिनराज काÇले, प्रकाशदेब पालिखे, दिलिपराज श्रेष्ठ, पवन प्रजापति, पुष्पराज पराजुली, जनराज पराजुली, सिता गुरुङ, नारायण पौडेल, हरिराज पन्त र गिरिधारी शर्मा चुनावमा होमिएका थिए ।
सञ्जीव बहादुर कोईराला समुहबाट उमेदवारी दिनेहरुमा बर्तमान द्धितिय उपाध्यक्ष ईश्वर कर्माचार्य, महासचिब नारायण कोईराला, उप–महासचिब हिरा भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरु दामु अधिकारी, दिलिप सुबेदी, बिश्वशंकर पालिखे, धनिराम बराल, राम बसेल, बलराम पहारी, देबकृष्ण काÇले, अनिल सिग्देल र मंगल नेपाली रहेका थिए ।
पटकपटक पत्रकार सम्मेलन गरी थापा र कोईराला आरोप—प्रत्यारोपमा उत्रिएका थिए । सबैलाई मिलाएर जाने थापाले बताएका छन् ।
