काठमाण्डौं २३ भदौ / नेपाल आर्मीलाई हराउँदै संकटा क्लव एन्फा कप फुटबलको फाइनलमा पुगेको छ । दोस्रो सेमिफाइनलमा आर्मीलाई १–० ले हराउँदै संकटाले फाइनलमा स्थान पक्का गरेको हो ।
संकटालाई जिताउन खेलको ६२ औं मिनेटमा सुमन लामाले निर्णयक गोल गरे । खेलमा आर्मीले गोल फर्काउने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।
यसअघि ५२ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले बललाई पोष्ट छिराएपनि अफ साइड भएका कारण रेफ्रीले त्यसलाई मान्यता दिएनन् । संकटाले अब उपाधिका लागि बुधबार उपाधिका लागि झापा फुटबल क्लबसँग खेल्ने छ ।
कमेन्ट गर्नुहोस्
