एन्फा कप: उपाधि झापा ११ लाई, १० खेलाडीमा सिमित संकटा ४-० ले पराजित, सर्वोत्कृष्ट खेलाडी सुमन लामा

Share:

काठमाडौं, २५ भदौ।

एन्फा कप फुटबलको उपाधि झापा ११ ले जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा १० खेलाडीमा सिमित संकटा क्लबलाई ४-० ले पराजित झापाले १० लाख हात पारेको छ । उपविजेता संकटाले ५ लाखमै चित्त बुझायो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रका खेलाडीहरुको बाहुल्यता लिएको झापाको जितमा नगेन्द्र लिम्बु, विकास राई, कर्ण लिम्बु र बुद्ध चेम्जोङ्गले गोल गरे । सुरुमा झापालाई केही दबाबमा राखेपनि रक्षक सुरज थिङले रातो कार्ड पाएपछि संकटामाथि झापा हावी भएको थियो ।

४३ औं मिनेटमा नागेन्द्र लिम्बुको गोलबाट अग्रता लिएको थियो । यसअघि १५ औं मिनेटमा संकटाका उत्तम गुरुङको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । यस् २४ औं मिनेटमा संकटाका सुमन लामाको प्रहार बारमा लागेर फर्कियो ।

दोस्रो हाफको ५३ औं मिनेटमा डिफेण्डर सुरज थिङ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि संकटा १० खेलाडीमा सिमित भयो । ७६ औं मिनेटमा झापा ११ ले पेनाल्टी पायो । रावि सिलवालले योगेश गुरुङलाई डिफक्स एरियामा फल गरेपछि पाएको पेनाल्टीमा कर्ण लिम्बुले गोल गरे । खेलको ८६ औं मिनेटमा विशाल राईले उत्कृष्ट गोल गरे । लगतै बुद्ध चेम्जाङले गोल गरेपछि झापा ११ पहिलो पटक आयोजित एन्फा कपको उपाधि जित्न सफल भयो ।

पहिलो खेलमै लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लवलाई हराएर सनसनी मच्चाएको झापाले दोश्रो खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लवलाई पन्छाएको थियो । मामा भनेर चिनिने भगिरथ आलेको प्रशिक्षणमा रहेको झापामा ए डिभिजन क्लव मच्छिन्द्रका धेरैजसो खेलाडी छन् । एन्फाको कारबाहीमा परेका कारण मच्छिन्द्रले प्रतियोगितामा नखेलेपछि खेलाडी झापामा पुगेका हुन् ।

सर्वोत्कृष्ट खेलाडी सुमन लामा:

प्रतियोगिताको उर्वोत्कृष्ट खेलाडी संकटाका सुमन लामा बनेका छन् । उनले मोटरसाइकल पाएका छन् । उनले सेमिफाइनलमा आर्मीविरुद्ध निणर्ायक गोल गरेका थिए । यस्तै उत्कृष्ट फवार्ड झापा ११ का विशाल राई बनेका छन् । डिफेण्डरमा झापा ११ का देवेन्द्र तामाङ, गोलकिपरमा झापाका दिनेश लामा र प्रशिक्षकमा झापा ११ कै भगिरथ आले मामा उत्कृष्ट घोषित भए ।
उत्कृष्ट मिडफिल्डर भने संकटाका बसन्त गुरुङ बने । उनीहरुले जनही ५० हजार पाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: