एशियाली फूटबलमा इराकसँग नेपाल ४–० ले पराजित

Share:

काठमाडौं, भदौ २९ –एशियाली खेलकुदमा नेपालको २३ वर्ष मुनिको फूटबल टिम इराकसँग पराजित भएको छ । १६ वर्षपछि एसियाडमा फर्किएको नेपाली टोली समूह चरणको पहिलो खेलमा इराकसँग ४–० ले पराजित भएको हो ।

इराकले पहिलो हाफमा २ गोल गरेको इराकले दोस्रो हाफमा एक गोल थप्यो । एक गोल भने आत्मघाती गोलको उपहार पायो । रोहित चन्दले बल क्लीयर गर्ने क्रममा आत्मघाती गोल भएको हो । प्रतियोगिताको बलियो टोली इराकविरुद्ध नेपालको प्रदर्शन फितलो रह्यो ।
समूह डिमा रहेको नेपालले अब असोज १ गते कुबेतसँग र असोज ५ गते जापानसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: