
रञ्जन अधिकारी पोखरा, १ असोज /धम्क्याएर जबरजस्ती पैसा असुल्दै आएका एक युवालाई प्रहरीले पक्रेको छ । पोखरा १ सिम्पानी, कस्केरीका अमृत लामालाई धम्क्याएर पैसा असुल्ने जस्ता कार्य गरी समाजमा आतंकित पार्ने गरेको गुनासोको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले बुधबार उनीबाट बरामद भएका सामानहरु एक थान ल्यापटक, बिभिन्न ब्यक्तिहरुबाट परेको निबेदन ७ थान, मिलापत्र गराईएको कागज ३ थान र तमसुक १ थान सहित लामालाई सार्वजनिक गरेको हो ।२९ वर्षीय लामाले बालुवा गिट्टीको गाडी समेतबाट पैसा असुल उपर गर्ने जस्ता कार्य गरी समाजमा आतंकित पार्ने गरेको भन्ने गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले लामालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्धामा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
लामाले २०६९ सालमा सकृय जागरुक युवा टोली नामको संस्था खोली आफु अध्यÔ बनी स्थानिय स्तरमा चल्ने बालुवा तथा गिट्टीको गाडीहरुवाट प्रति टिप गाडीको रु.१५।– को दरले रकम असुल्ने, स्थानिय स्तरमा पैसा उठाई दिन्छु भनी बिभिन्न ब्यक्तिहरुबाट निबेदन लिने, धम्क्याउने, पैसा नतिरेमा भौतिक कारबाही गर्ने चेतावनी दिने, जबरजस्ती मिलापत्र गराई पिडितबाट पैसा असुल्ने जस्ता कार्य गरेको प्रहरीले जनाएको छ ।
उनले पोखरा ८ का रामकुमार गुप्तासँग पैसा उठाईदिन्छु भनि १० हजार लिएको, गोरखा नामार्जुङ–८ का अनुप पाण्डेसंग पैसा उठाई दिन्छू भनी १५ सय लिएको, गुल्मी पराल्मी ६ का दिपक थापा भन्ने कर्णबहादुर बिकसँग पैसा पठाईदिन्छु भने १५ सय नै लिएको, पोखरा १ कस्केरीमै बालुवा बोक्क आउनेहरुलाई दु ःख हैरानी दिने गरेको, बिभिन्न ब्यक्तिहरुको रकम उठाई दिन्छु भनी आफैले निबेदन लेखी पत्राचार गरी दु ःख दिएको प्रहरीले बताएको छ ।

