‘वाल्टन’को गण्डकी धौलागिरी विक्रि केन्द्र पोखरामा

Share:

पोखरा, ४ असोज | बंगलादेशको नम्बर एक कम्पनी ‘वाल्टन’ले गण्डकी धौलागिरीको लागि पोखरामा आधिकारिक विक्रि केन्द्र शुभारम्भ गरेको छ । पोखराको नयाँबजारमा रिजर्भ मल्टिनेशनल प्रालिमार्फत आफ्नो उत्पादन उपभोक्तामाझ ल्याएको हो । शनिबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले ‘वाल्टन’ शो रुमको उद्घाटन गरे ।

‘वाल्टन’कोईलेक्ट्रोनिक्स, होम एप्लायन्स र मोटरबाईक सर्वसूलभ रुपमा ग्यारेन्टीका साथ पश्चिमाञ्चलका उपभोक्तामाझ पु¥याउने लक्ष्यसहित शो रुपमा संचालनमा आएको हो । होम एप्लाएन्समा नेपाली बजारमा सुहाउँदो दरमा विभिन्न मोडलसहित सामान्य तथा डिप फ्रिज, भान्साका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु, मोबाईल, टेलिभिजन, एसि लगाएतका सामानहरु शो रुममा उपलब्ध हुने प्रबन्ध निर्देशक प्रकाश गिरीले जानकारी दिए ।

20140920_165201

निकट भविष्यमै नेपाली जनजिवन र सडक सुहाउँदो राम्रो माईलेज भएको ‘वाल्टन’ मोटरबाईकहरु पश्चिमाञ्चलका विभिन्न स्थानमा पु¥याउने समेत सोहि अवसरमा जानकारी दिईयो । थोक तथा खुद्रा विक्रि दुवै माध्यमबाट ‘वाल्टन’ ब्राण्डको हरेक उपकरणमा तीन वर्षसम्मको वारेन्टी दिईने कम्पनीका प्रवक्ता सुशिलकुमार बरालले बताए ।

दशैँ तिहारको अवसरमा हरेक सामानमा १५ प्रतिशत छुटको व्यवस्था रहेको प्रालिका अध्यक्ष नरजंग गुरुङले जानकारी दिए । ‘वाल्टन’को काठमाण्डौस्थित आधिकारिक विक्रेता ‘रिडा ईन्कर्पोरेट प्रालि’की प्रमुख कार्यकारी अधिकृत नौशबा नूरका अनुसार अबको ६ महिना भित्र वाल्टन ब्राण्डलाई देशव्यापी रुपमा विस्तार गरिने योजना छ । निकट भविष्यमै बुटवल, नेपालगञ्ज, धनगढी, झापा लगाएतका ठुला शहरहरुमा विक्रि केन्द्र स्थापना गरिने उनले जानकारी दिईन् ।

वाल्टनका बंगलादेशस्थित कार्यकारी निर्देशक हुमायुन कबिरका अनुसार २०१० देखि उत्पादन शुरु भएको वाल्टनका उत्पादनहरुले दक्षिण एशियामा ७० प्रतिशत बजार ओगटेको छ । वाल्टनका ब्राण्ड एम्बेसडर एवं बंगलादेशी फिल्मका नायक ईलियस कञ्चनले यो ब्राण्डका उत्पादन गुणस्तरिय र सर्वसूलभ रहेको बताए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नयाँ ब्राण्डको खोजीमा रहेका उपभोक्तालाई वाल्टनले सन्तुष्ट बनाउने विश्वास व्यक्त गरे । पोखरामा नयाँ–नयाँ ब्राण्डका सामानहरु भित्रनु व्यवसायी र खरिदकर्ता दुवैको लागि खुशिको कुरा भएको उलने बताए । शनिबार भएको उद्घाटन समारोहलाई प्रज्वल अधिकारीले संचालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: