
गोकुल बानियाँ,
पोखरा ८ असोज । लागूऔषध नियन्त्रण सम्बन्धि बिशेष अभियानको क्रममा कास्कीमा ५१ जना दुब्र्यशनी पक्राउ परका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको अगुवाईमा गत भदौ २५ देखि सञ्चालित १५ दिने बिशेष अभियानको क्रममा पोखरा सहित कास्कीका बिभिन्न स्थानबाट ५१ दुब्र्यशनी पक्राउ परेका हुन् । पक्राउ परेका उनिहरुलाई आबश्यकता अनुसार पुनस्थापना केन्द्र र अबिभाबकको जिम्मा लगाई छोडिएको छ ।
अभियानको अन्तिम दिन बुधवार मात्रै ५ जना बिभिन्न लागूऔषध सहित पक्राउ परेका हुन् । प्रहरीले अभियान अबधिभर पोखरा र लेखनाथका बिभिन्न शंकास्पद क्षेत्र र नाका लगायत ११ स्थानमा कुकुर सहित बिशेष चेकजाच गरेका थियो । बिशेष अभियान समापनको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक बसन्तकुमार लामाले १५ दिन सम्म भएका बिशेष कार्यक्रम र प्रगति बारे जानकारी गराएका थिए । उनका अनुसार यो अबधिमा ८५ क्विन्टल ९० केजी गाजा नष्ट गरिएको छ । ब्यबशायिक रुपमा लगाईएका २ सय २६ बोट गाजा फडानी गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषधको क्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्थाको सहकार्यमा सम्पन्न अभियान अन्तर्गत ५ सय लिटर मदिरा नष्ट गरिएको छ । लागूऔषध सम्बन्धि सचेतनामुलक १५ हजार प्रति पर्चा बितरण गरिएको र पोखरा र लेखनाथका ९ स्थानमा रहेका ९ सय ९२ घरका ३ हजार ३ सय ५० जनालाई प्रत्यक्ष भेट गरी यसवारे जानकारी दिईएको छ ।
त्यस्तै पोखरा र लेखनाथबा बिभिन्न १२ स्थानमा गरिएको लागूऔषध बिरुद्धको चेतनामुलक बृतचित्र प्रदर्शनी झण्डै २१ सय मानिसले अबलोकन गरेको प्रहरीको दाबि छ । लागूऔषध सम्बन्धि सचेतनाको लागि गरिएको स्कुल सम्पर्क कार्यक्रम अन्तर्गत ७ स्कुलका १८ सय ७५ बिद्यार्थी लाभाम्बित भएका छन् । कारागारमा रहेका कैदी बन्दीलाई पनि अभियानको अबसरमा यस सम्बन्धि प्रशिक्षण दिईएको छ । जिल्ला कारागारका १ सय १० पुरुष र ३० महिला कैदीबन्दीलाई लागूऔषध सम्बन्धि जानकारी दिईएको प्रहरी उपरिक्षक लामाले बताए ।
१५ दिने बिशेष अभियान समापनका अबसरमा पश्चि क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक बम बहादुर भण्डारीले लागूऔषध नियन्त्रणको लागि अहिले भैरहेका प्रयास पर्याप्त नभएकाले सबै क्षेत्रको सहयोगको खाचो औल्याए । लागूऔषधको कारोबार भूमिगत रुपमा भैरहेकाले यसको रोकथाम र नियन्त्रणको लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुने उनले बताए । स्कुल र क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरु लागूऔषधको लतमा फसेकाले स्कुल क्याम्पसमा रहेका राजनितिक दलका भातृसंगठन एबं युवा समुहलाई परिचालन गर्न सकिने भण्डारीले बताए ।
एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले राजनितिक दलहरुले पनि लागूऔषध नियन्त्रणमा प्रभाबकारी भूमिका निर्बाह गर्न सक्ने भएकाले सम्पूर्ण भातृ संगठनलाई परितचालन गर्न तयार रहेका बताए । एमाओबादी कास्कीका उपाध्यक्ष गंगा पोखरेलले लागूऔषध नियन्त्रणको आपूर्तिकर्ताहरुको ठूलो सञ्जाललाई तोड्नुपर्नेमा जोड दिए ।
कम्युनिटी सर्पोट ग्रुपका निर्देशक दिलिप गुरुङले बर्षैभरी बिशेष अभियानको रुपमा सक्रियाता देखानुपर्ने उल्लखे गरे । उनले सुध्रिएर असल जीवन जिउन चाहने दुब्र्यशनीहरुलाई पुनस्थापनाको लागि देखिएका कानुनी अड्चनहरुलाई हटाउनुपर्ने आबश्यकता औल्याए ।
पश्चिमाञ्चल क्षेत्रिय उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जिब बहादुर कोईरालाले दुब्र्यबनी रोकथामको लागि घरपरिवार र अबिभाबकको भूमिका पनि महत्वपूर्ण हुने बताए । कार्यक्रममा पोखरा सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्य, सुनास कास्कीका अध्यक्ष पुण्य पौडेल लगायतले १५ दिने बिशेष अभियान निकै उपलब्धिपूर्ण रहेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
पोखरामा रहेका ९ ओटा लागूपदार्थ परामर्श एबं पुनस्थापना केन्द्रमा आएकाको तथ्याङ्कको आधारमा अहिलेसम्म झण्डै ३५ सय दुब्र्यशनीहरु परामर्श र पुनस्थापनाको लागि भर्ना भएका छन् । पोखरामा लागूऔषधको दुब्र्यशनी त्यागेर बसेका झण्डै ३ सय ५० जना पूर्बदुब्र्यशनीहरु रहेको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको बिगत ३ बर्षको तथ्याङ्कलाई हेर्दा आर्थिक बर्ष ६९/७० मा ९० मुद्धामा एक सय २४ जना कारबाहीको दायरामा आएका छन् । त्यस्तै ६८/६९ मा ७४ मुद्धामा एक सय १२ जना र ७०/७१ म ८४ लागूऔषध मुद्धामा एक सय १८ जना पक्राउ परेका छन् । कास्की प्रहरीको हिरासतमा लागूऔषध मुद्धामा पक्राउ परेका अभियुक्तहरुको संख्या अत्याधिक रहेको प्रहरी प्रबक्ता केदार रजौरेले जानकारी दिए ।

