सात सीट क्षमताको होण्डा मोविलियो पोखरामा

Share:

रञ्जन अधिकारी पोखरा, ९ असोज। पोखरामा बिहिबारदेखि होण्डा ब्राण्डको मोविलियो कारको विक्रि वितरण शुरु गरिएको छ । जापानी कम्पनी होण्डा मोटरको नेपालका लागि आधिकारीक विक्रेता स्याकार कम्पनी प्रा.लि. अन्तर्गत पोखरामा नयाँबजार स्थित रिलायन्स ट्रेड कन्सर्नले गण्डकी र धौलागिरि अञ्चलमा होण्डा ब्राण्डको मोविलीयो कार विक्रि वितरण शुरु गरेको हो ।

होण्डा कारको विहिबार एक कार्यक्रमका वीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले उद्घाटन गरे । उनले नेपाली बाटो सुहाउँदो, परिवारका लागि उपयुक्त र सर्वसुलभ मूल्य भएकाले यसले राम्रो बजार लिनेमा आफू आशावादी रहेको बताए ।

IMG_0385

छ जना यात्रु र एक चालक गरि सात जनाको सीट क्षमता भएको उक्त कार एक हजार पाँच सय सिसीको रहेको छ । कारले प्रति लिटर १७ किमी सम्म माईलेज दिने कम्पनीको दावी छ । सात कलर सम्म रहेको उक्त कारको मुल्य ३० लाख ७० हजार देखि ४४ लाख सम्म रहेको छ ।

अरु कुनै पनि ब्राण्ड (सुभ) भन्दा धेरै सस्तो र जापनीज लेटेस्ट इन्जिन होण्डा आइ–भी टेच भएको, इण्डियन कलिवरेसनमा उत्पादन भएको र सेल्स पछिको सर्भिस र स्पेर्स सजिलै उपलब्ध हुने रिलायन्स ट्रेड कन्सनका सेल्स म्यानेजर ज्ञानेन्द्र कंठले जानकारी दिए । कन्सर्नका अध्यक्ष ईन्द्रबहादुर कुँवर, निर्देशक सन्ध्या क्षेत्री कुँवर र ह्युमन रिसोर्स मेनेजर दिनेश शर्माले कार्यक्रममा बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: