प्रधानमन्त्रीद्वारा अमेरिकीबासी नेपालीलाई स्वदेश फर्कन आग्रह

Share:

न्यूयोर्क , आश्विन ९ – प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा नै लगानीको वातावरण बनेको भन्दै स्वदेश फर्किएर देशको उन्नतीमा लाग्न अमेरिकाबासी नेपालीलाई अनुरोध गरेका छन् । प्रधानमन्त्री राहत कोषमा सहयोग हस्तान्तरण गर्न आएका अमेरिका निवासी नेपालीहरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले आफ्नो अनुभव देश विकासमा लगाउन अनुरोध गरेका हुन् ।

Interview-with-Nepal’s-PM-Sushil-Koirala

प्रधानमन्त्री कोइरालाले अब नेपालमा नै लगानीको बातावरण बनेकोले अमेरिकाको कार्य संस्कृति सिकेका, उपयोगी सीप भएका, प्रशिक्षित,उच्च शिक्षा लिएका जनशक्तिलाई स्वदेश फर्केर देशको समुन्नतिमा लाग्न पनि आग्रह गरेका हुन् । उनले हरेक मुलुकको विकास त्यही देशका नागरिककै प्रयासले संभव भएको पनि अमेरिकाबासी नेपाललीलाई स्मरण गराए ।

न्यूयोर्कको पार्क एभेन्यु ग्राण्ड सेन्ट्रलस्थित होटल ग्राण्ड ह्यातमा जनसम्पर्क समिति शिकागोका अध्यक्ष भोजराज घिमिरेले प्रधानमन्त्री कोइरालालाई ३ हजार ८ सय ३४ अमेरिकी डलर हस्तान्तरण गरेका हुन् । गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीका अनुसार अहिले अमेरिकामा करीब ३ लाख नेपाली बसोबास गरिरहेका छन ।

 

कमेन्ट गर्नुहोस्
Share: