
पोखरा, पोखरा, १२ असोज। बडा दसैँको अवसर पारेर मेरो नेपाल युवा क्लब पोखरा–१४ मझेरीपाटनको आयोजनामा रामेश्वरी उमाविको खेलमैदानमा जारी चौथो मेरो नेपाल कप खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत आइतबार प्रिक्वाटरचरणका खेल सम्पन्न भएका छन्।
पहिलो प्रिक्वाटरफाइनल खेलमा संगम एफसी बी ले एकता एफसीलाई १–० ले पराजित ग¥यो। संगमको लागि राकेश गुरुङले निर्णायक गोल गरेका थिए। दोस्रो खेलमा बी–१३ कमलपोखरीले मनकामना युथ क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित ग¥यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।
तेस्रो खेलमा रियुनाइटेडले पोखरा भ्याली स्पोर्टस् क्लबलाई ३–२ ले पाखा लगायो। रियुनाइटेडको तर्फबाट विकास गुरुङ, हेमन्त गुरुङ र आकाश थापाले एक–एक गोल गरेका थिए भने पोखरा भ्यालीको लागि विवेक गुरुङ र विजय गुरुङले गोल गरेका थिए।
कुमार केसी र त्रिदेव गुरुङको एक–एक गोलको मद्दतले चौथो खेलमा आयोजक मेरो नेपाल युवा क्लब बीले मझेरी कलाघर साधना बी लाई २–० ले हरायो। पाँचौं खेलमा रत्नासेवा समाज केसीले एमआरएसटी शुभकामना ए लाई टाइब्रेकरमा २–० ले पराजित ग¥यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। छैटौैं खेलमा एलजी एशोसिएसनले एकता एफसी–१६ ले ३–० ले पराजित ग¥यो। एलजी एशोसिएसनको लागि सुलेमान थापाले दुई तथा चिन गुरुङले एक गोलको योगदान दिएका थिए।
सातौं खेलमा सत्य युवा क्लब बाझपाटनले मझेरीकलाघर साधना सी लाई ६–१ को विशाल अन्तरले पराजित ग¥यो। सत्यको लागि सुशील लामाले ह्याट्रिक, अजय विकले दुई तथा नाइजेरियन खेलाडी बुप्कीले एक गोलको योगदान दिएका थिए। आठौं खेलमा योङस्टार एफसी विजयपुर लेखनाथले मसिना एफसीलाई २–० ले पाखा लगायो। योङस्टारको लागि दुवै गोल सिन्के तामाङले गरेका थिए। सो खेलमा मसिनाका हरि न्यौपानेले प्रतियोगिताकै पहिलो रेडकार्ड खाएका छन्। यसअघिको खेलमा सिन्के तामाङकै निर्णायक गोलमा योङस्टारले एमआरएसटी शुभकामना बी लाई १–० ले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको थियो।
सोमबार बिहान १० बजे रत्नासेवा समाज कसेरी र रियुनाइटेडबीच पहिलो, ११ बजे एलजी एशोसिएसन र सत्य युवा क्लब बाझापाटनबीच दोस्रो, १२ बजे मेरोनेपाल युवा क्लब बी र योङस्टार एफसीबीच तेस्रो तथा एक बजे संगम एफसी बी र बी–१३ कमलपोखरीबीच चौथो क्वाटरफाइनल खेल हुने कार्यक्रम संयोजक दिवस कुँवरले जानकारी दिए।
५२ टीमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टीमलाई नगद ८८ हजार आठ सय ८८, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिने छ। असोज १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अनुशासित टीम, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने प्रचार–प्रसार उपसमितिका संयोजक पृथ्वी कुँवरले जानकारी दिए।

