महा आजिजामा चौथो दिन गौतमले जिते पाँच हजार

Share:

बिग न्यूज पोखरा, १२ असोज । रेडियोबाट आफ्ना स्रोताहरुसंगै दशैँलाई उल्लासमय बनाउने उद्देश्यसहित पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले सुरु गरेको ‘महा आजिजा’ जारी छ । आईतबार चौथो दिन पाँच जनाले सहभागिता जनाएकोमा अमृत गौतमले अहिलेसम्म सर्वाधिक पाँच हजार जित्न सफल भएका छन् ।

पैसाको खेल रेडियोमा भन्ने थिममा खेलाईने यो खेलमा सहभागि भएर स्रोताहरुले २० हजार रुपैँयासम्म जित्न सक्ने एफएमले जनाएको छ । कसले कति जित्लान्, सहभागी श्रोताकै क्षमतामा भर पर्दछ । आईतबार सहभागिता जनाउनेमा हंसपुरबाट कृष्णप्रसाद सुबेदी, फेदीखोलाबाट राधिका शर्मा, हस्पिटलचोक बाट सुनिल थापा मगर, अमरसिंह चोकबाट अमृत गौतम र सिद्ध कास्की बाट ममता भुजेल रहेका छन् । सुनिल थापा मगरले दुई हजार र ममता भुजेलले एक हजार जित्न सफल भए । कृष्ण प्रसाद सुबेदी र राधिका शर्माले जनही एक सय रुपैंयाको रिचार्ज कार्ड जितेका छन् ।

web-660x330

दशैँको अवसर पारेर हरेक वर्ष विग एफएमले ‘महा–आजिजा’ खेलाउँदै आएको छ । यो पटकको ‘महा आजिजा’लाई जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालिले मुख्य प्रायोजन गरेको छ । गेम शोमा सहभागिताका लागि स्रोताहरुले एसएमएसमार्फत आफुलाई दर्ता गराउनुपर्नेछ । दर्ता हुनका लागि स्रोताहरुले Big Space FM टाईप गरि ४३२१ मा पठाउनुपर्नेछ । जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ । खेलमा सहभागिता जनाउने स्रोताहरुलाई विभिन्न प्रश्नहरु सोधिनेछ र सहभागीहरुले सोधिएका प्रश्नको सहि उत्तर दिएको खण्डमा पैसा जित्दै जानेछन् ।

कार्यक्रम संयोजक सन्जोक बस्यालका अनुसार प्रत्येक सहभागीलाई ५ ओटा प्रश्नहरु सोधिने छ । पहिलो दोस्रो र तेस्रो प्रश्नमा चार चार ओटा अप्सनहरु रहनेछन् भने चौथो र पाँचौँ प्रश्नमा कुनै पनि अप्सन रहनेछैन । प्रत्येक सहभागीले दोस्रो र तेस्रो प्रश्न मध्य एउटामा ‘लाईफ लाईन’ पाउनेछन् । प्रतियोगीलाई हरेक प्रश्नमा एक मिनेटको समय दिईनेछ । हरेक प्रश्नको उत्तर एक मिनेट भित्र दिई सक्नुपर्नेछ । समय सुरु हुन भन्दा अगाडि नै सहभागीले उत्तर दिएमा खेल रद्द गरिनेछ । खेल सम्बन्धि अन्तिम निर्णयको अधिकार सन्चालकमा रहनेछ । हरेक दिन साँझ ७ बजेदेखि सुरु हुने महा आजिजा राति साढे नौ बजेको न्युज अघिसम्म सञ्चालन हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: