हुम्ला जुम्लाका कृषक पोखरामा सम्मानित

Share:

रञ्जन अधिकारी पोखरा, १३ असोज / जैविक विविधता, स्थानीय खेतीबालीको प्रबद्र्धन, कृषि तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा महत्वपूर्ण काम गरेको भन्दै हुम्ला जुम्लाका कृषकलाई पोखरामा सम्मान गरिएको छ । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) पोखराले आÇनो २० औं वार्षिकोत्सव, साधारणसभा तथा संस्थागत सामाजिक लेखाजोखा कार्यक्रममा कृषकहरुलाई नगदसहित सम्मान गरेको हो ।

IMG_0426

ली–बर्डले कृषक पुरस्कारबाट जुम्लाका कृषक तिल बहादुर रावललाई नगद आठ हजार सहित सम्मान ग¥यो । सिर्जनशील कृषक पुरस्कारबाट हुम्लाका कृषक प्रबल शाही नगद पाँच हजार सहित सम्मानित भए भने आठ हजार नगद राशीको सिर्जनशील महिला कृषक पुरस्कारबाट नवलपरासीकी टीकामाया महतो सम्मानित भईन् । यस्तै, बन संरक्षण गरी खानेपानी स्रोतको व्यवस्थापनमा महत्वपूर्ण योगदान दिएको भन्दै बेनी–६ म्याग्दी स्थित बराहपाखो बन उपभोक्ता समूह सिर्जनशील कृषक समूहबाट पुरस्कृत भयो । समूहलाई ली–बर्डले नगद १० हजार सहित सम्मान गरेको हो । सो समूह राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भईसकेको छ ।

प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले सरकार जान नसक्ने, नीजि क्षेत्र जान नचाहने स्थानमा गैरसरकारी संस्था पुग्ने गरेको उल्लेख गर्दै समुदाय स्तरमै गएर जैविक विविधता, उत्पादन वृद्धि, कृषिलाई आधुनिक बनाउने विषयमा लिबर्डले खेलेको भूमिकाको प्रशंसा गरे । ‘समुदाय लक्षित कार्यहरुबा उनीहरुले कस्तो उपलब्धी हासिल गरे । यसको मूल्यांकन गरेर सरकारी निकायसँग सहकार्य समन्वय गर्दै अघि बढ्न सकिन्छ ।’ उनले भने– ‘विकासका लागि नागरिक क्रियाशीलता, समुदायको अग्रसरता र सामुदायिक संस्थाको सहभागिता आवश्यक हुन्छ ।’ उनले जनता युजर मात्र होईन चुजर हुनुपर्ने धारणा व्यक्त गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले राष्ट्रले दुई दशकदेखि लिएको गरीबि निवारणको लक्ष्यलाई सघाउ पु¥याउने उद्देश्यले लि बर्डले आफ्ना गतिविधि अघि बढाएकोमा खुशी प्रकट गरे । कृषि प्रधान देश भनिएपनि खाद्यवस्तु नै ठूलो मात्रामा आयात गर्नुपर्दा मुलुकको आर्थिक भार बढेको उल्लेख गर्दै उनले मल, बिउको उत्पादनमा जोड दिनुपर्ने बताए ।

क्षेत्रीय कृषि निर्देशनालय पश्चिमाञ्चल प्रमुख लेखनाथ आचार्यले सुशासनको मूल्य एजेण्डा संस्थागत सामाजिक परीक्षण भएकाले लीबर्डको यो कार्यक्रम प्रशंसनीय रहेको बताए । कृषिको क्षेत्रमा लक्षित रहेर गतिविधि प्रशंसायोग्य रहेको उनको भनाई छ ।

कार्यक्रममा प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, बन उपभोक्ता समूह अर्थुङ्गे म्यादीका अध्यक्ष कुलप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा सहजकर्ता रामप्रसाद ज्ञवालीले आचारसंहिता निर्माण, अनुमोदन तथा लेखाजोखासम्बन्धी जानकारी, लीबर्डका अध्यक्ष डा. भुवन स्थापितले संस्थागत परिचय, कार्यकारी निर्देशक डा. बलराम थापाले संस्थागत सुशासन, प्रशासन तथा बित्त संयोजक शशिभूषण प्रधानले बित्तिय सूचना विवरण प्रस्तुत, कार्यक्रम विकास निर्देशक डा. पशुपति चौधरी र कार्यक्रम कार्यान्वयन निर्देशक डा. रामबहादुर रानाले कार्यक्रम विकास तथा परियोजना सञ्चालन सम्बन्धी, मानव संसाधन तथा प्रशासन अधिकृत मीरा ढकालले मानवी तथा भौतिक स्रोत साधनको आँकलन विषयमा र कार्यक्रम अधिकृत कृष्ण लम्सालले सफलताका कथा र असल अभ्यासहरु बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा लीबर्डले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै वर्ष कर्मचारी अधिकृत पुरस्कारबाट सजल स्थापित र लक्ष्मी गुरुङ, वर्ष कर्मचारी सहायक पुरस्कारबाट खिम पुन र प्राविधिक सहायक पुरस्कारबाट वीरेन्द्र चौधरी र दालकी शेर्पालाई सम्मान पनि गरेको थियो । कार्यक्रमको सञ्चालन केशव थापा र लक्ष्मी गुरुङले गरेका थिए ।

पोखरामा स्थापना भएको गैरसरकारी संस्था लिबर्डले हाल नेपालका विभिन्न २१ जिल्लाहरुमा जैविक विविधता व्यवस्थापनका लागि प्रजाति संरक्षण कार्यक्रमका साथै सरकारी निकायसँग मिलेर बालीहरुको अनुसन्धान तथा बाली सुधारका पद्धति, घर बगैंचा एकीकृत व्यवस्थापन लगायतका ३१ ओटा परियोजना संचालन गरेको जनाएको छ । उसले हरियो बन कार्यक्रम, जलाधारको एकिकृत व्यवस्थापन, विपन्न समुदायको जिविकोपार्जनमा सुधारका क्षेत्रमा पनि काम गरेको बताएको छ ।

यसैबीच, आयोजकले अतिथिहरुका मन्तव्यका लागि ३५ मिनेट समय छुट्टाएकोमा पोखरा आएर समयको चर्को वकालत गरेका क्षेत्रीय प्रशासक थपलिया एक्लैले यो भन्दा बढि समय लिएपछि कार्यक्रम संचालकले मन्तव्य छोट्याउन चिट नै दिनुपरेको थियो । ‘पोखरामा आएपछि पहिलो पटक मैले चिट पाएको छु ।’ थपलियाले थपे – ‘समय लिने कुरा पनि सान्दर्भिक र असान्दर्भिक हुन्छ । मैले सान्दर्भिक कुरा नै बोलिरहेको छु । त्यसैले मैले समय लिएँ ।’ निर्धारित समयमा कार्यक्रम सुरु नभए कार्यक्रममै नबस्ने बताउने प्रमुख अतिथि थपलिया कास्कीका प्रजिअसँगै सुरुमै बोलेर सबैभन्दा पहिले बाहिरिएका थिए । कार्यक्रममा समय व्यवस्थापन हुन नसक्दा बिहान नौ बजेबाट सुरु उद्घाटन सत्र नै दिउँसो २ बजेसम्म लम्बिएको थियो ।

 

 

कमेन्ट गर्नुहोस्
Share: