विग एफएमको ‘महा आजिजा’ मा १७ जनाले जिते नगद पुरस्कार

Share:

गोकुल बानियाँ , 

पोखरा, १८ असोज । बडादशैको अबसरमा पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले संचालन गरेको रेडियो गेम शो ‘महा आजिजा’ मा १७ जनाले नगद पुरस्कार जितेका छन् । गेम सो मा सहभागि मध्यबाट एक जनाले सर्बाधिक ५ हजार, चार जनाले दुई/दुई हजार, ११ जनाले जनही एक हजार , एक जनाले पाच सय र अन्यले एक सय रुपैयाको रिचार्ज कार्ड प्राप्त गरेका छन् ।

web-660x330

असोज ९ गते घटस्थापना देखि १५ गते सप्तमीसम्म चलेको गेम सो मा सहभागि ३८ जना मध्य चौथो दिन सहभागि अमरसिंहका अमृत गौतमले सर्बाधिक पाच हजार रुपैया नगद जितेका हुन् । त्यस्तै ईश्वरी शर्मा, सुनिल थापा मगर, सन्दिप केसी, स्मृति जिसीले जनही दुई हजार जित्न सफल भएका छन् ।

यसैगरी सुर्य प्रसाद गौतम, बैकुण्ठ पौडेल, अग्नी पनेरु, रत्न सुनार, प्रदिप गौतम, ममता भुजेल, सन्दिप भुर्तेल, बिधान घिमिरे, अशोक कुमार सुनार, रामु अधिकारी र सुप्रिया सुबेदीले एक÷एक हजार रुपैया नगद जितेका छन् । पहिलो दिनको पहिलो सहभागि स्याङजाका रमेश शर्माले पाच सय रुपैया जिते ।

कार्यक्रममा सहभागिता जनाई एक सय रुपैयाको रिचार्ज कार्ड प्राप्त गर्नेहरुमा शंकर श्रेष्ठ, कुशल तिमल्सिना, लक्ष्मण पौडेल, सुमन भट्टराई, सुजन जोशी, अमर गुरुङ, शिब कुमार श्रेष्ठ, कृष्ण प्रसाद सुबेदी, राधिका शर्मा, लिलावती सुनार, कृष्ण अधिकारी, अमर गुरुङ, बिवेक थापा, बिनोद भुजेल, प्रदिप सुबेदी, लक्ष्मण कुवर, काशीराम घिमिरे, सोनी रसाईली, गिता कुवर र सुरज श्रेष्ठ रहेका छन् ।

गेम सो मा पहिलो दिन ३, दोस्रो दिन सात, तेसो दिन पाँच, चौथो र पाचौ दिन ६/६ जना, छैटौ दिन पाँच जना र सातौ तथा अन्तिम दिन ६ जनाले सहभागिता जनाएका थिए । गेम सो का बिजेता सबैलाई छिट्टै बिशेष कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने एफएमका अध्यक्ष महेश भण्डारीले बताए ।

पैसाको खेल रेडियोमा भन्ने थिममा खेलाईएको खेलमा सहभागि भएर स्रोताहरुले २० हजार रुपैँयासम्म जित्न सक्ने ब्यबस्था मिलाईएको थियो । गेम सो मा स्रोता सहभागिता यसपटक उत्साहजनक रहेको एफएमका कार्यक्रम संयोजक सञ्जोग बस्यालले बताए । दशैँको अवसर पारेर हरेक वर्ष विग एफएमले ‘महा–आजिजा’ खेलाउँदै आएको छ । यो पटकको ‘महा आजिजा’लाई जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालिले मुख्य प्रायोजन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: