दसैंमा ४० अर्ब रुपैयाँ नयाँ नोट साटियो

Share:

असोज २२–दसैंमा सर्वसाधरणले ४० अर्ब रुपैयाँ नयाँ नोट साटेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार असोज १ गतेदेखि १४ गतेसम्ममा ४० अर्ब नयाँ नोट बजारमा गएको हो । राष्ट्र बैंकका प्रवक्ता मनमोहन श्रेष्ठका अनुसार केन्द्रीय बैंकदे निष्कासन गरेको ४० अर्ब रुपैयाँको नोट दसैं बिदा अगाडीको १४ दिनमा नै साटिएको हो । राष्ट्र बैंको यो वर्ष दसैंका लागि २५ अर्ब रुपैयाँ नोट र फन्ड ट्रान्सफरका लागि १५ अर्ब रुपैयाँ निष्कासन गरेको थियो ।

new-note
हरेक वर्ष राष्ट्र बैंकले दसैंको अगाडी सर्वसाधरणलाई नयाँ नोट साट्ने व्यवस्था गरेको छ । यसपटक पनि दसैंमा नयाँ नोट साट्न राष्ट्र बैंकले असोज १ गतेदेखि १४ गतेसम्म साट्ने व्यवस्था गरेको थियो । अघिल्लो वर्षको तुलनामा पाँच अर्ब रुपैयाँ बढि नोट साटिएको अनुमान राष्ट्र बैंकको छ । अघिल्लो वर्षको दसैंका फन्डसहित गरेर ३५ अर्ब रुपैयाँ नोट साटिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: