
चलचित्र ‘होस्टेल’पछि कलाकार अनमोल केसीको दोश्रो चलचित्र ‘जेरी’ प्रदर्शनका लागि तयार भएको छ । यो सिनेमा कात्तिक २८ गतेबाट प्रदर्शनमा आउने बताइएको छ । मनोज शेरचनको निर्माणमा बनेको यो सिनेमालाई हेमराज वीसीले निर्देशन गरेका हुन् । हेमराजले यसअघि चलचित्र ‘होस्टेल’ निर्देशन गरेका थिए ।
होस्टेल’बाट इन्ट्रि गराएर अभिनयको मुल बाटोमा हिड्न निर्देशन गरेका हेमराज बिसिले फेरी एकपटक अनमोल केसिलाई साथ लिएका छन् ।चलचित्रमा भबिष्यको दमदार नेपाली स्टार अनमोललाई अभिनयमा उतारेका छन् । चलचित्रले हालसम्म एक टिजर, एक ट्रेलर र एक गीत मात्र सार्वजनिक गरेको छ । यि दुई प्रचार सामग्रीबाट नै अनमोलले आफुलाई दह्रो उभ्याईसकेका छन् । अनमोलका पिता नायक भुवन केसिलाई नेपालकै माथिल्लो अभिनय खुबि भएको नायक मान्नेहरुका लागि मात्र होइन नयाँ पुस्ताका दर्शकलाई समेत अनमोलले आफ्नो बनाईसकेका छन् ।
सुनिल रावलले बनाएको ‘होस्टेल’मा प्रमूख पात्रको रुपमा देखिएका अनमोल त्यसअघि नै आफ्नै पिताको चलचित्र ‘साथी म तिम्रो’मा शिर्ष गीतमा देखिँदा युवा जमात उनकै पछि थियो । त्यसलाई होस्टेलले अरु पाईला थपिदियो । अब अनमोलको परिक्षाको घडि छ । के उनि एक स्टारका छोरा भएर मात्रै यो स्थानमा छन् या साँच्चिकै भबिष्यका स्टार हुन् त्यसको नतिजा ‘जेरी’ले दिनेछ । होस्टल’ रिलिज भएको झण्डै डेढ वर्ष पछि उनि अभिनयमा देखिन लागेका हुन् । ‘जेरी’मा अनमोलसहित अन्ना शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचन आदि कलाकारको मुख्य भूमिका छ । मनोज शेरचनले बनाएको यो चलचित्रलाई सम्राट प्रसाद गौचन र निर्देशक बिसीले लेखेका हुन् । नरेन लिम्बुको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ ।
एकपटक रुचेको हेमराज र अनमोलको केमेष्ट्रि फेरी रुचाईन्छ या रुचाईँदैन त्यसको लागि रिलिज सम्म पर्खनुपर्नेछ ।
‘होस्टेल’बाट राम्रो फ्यान कमाएका अनमोलको ‘जेरी’ दर्शकका लागि प्रतिक्षामा देखिएको छ । फाल्कोन पिक्चर्सको ब्यानरमा तयार भएको यो सिनेमाको ट्रेलरलाई पनि रुचाइएको छ ।
हेर्नुहोस् टिजरः
हेर्नुहोस् ट्रेलरः
हेर्नुहोस् गीत:
Source: Thuloparda

