माघ ८ मै संविधान आउँछः अधिकारी

Share:

रञ्जन अधिकारी पोखरा, ५ कार्तिक । प्रमुख दलहरुबीच निरन्तर छलफल चलिरहेपनि विवादित विषयमा सहमति जुट्न नसकिरहेका बेला नेकपा एमालेका केन्द्रिय सदस्य तथा सभासद् रविन्द्र अधिकारीले माघ ८ मै संविधान जारी हुने बताएका छन् । व्यवस्थापिका संसद मातहतको १० समिति मध्ये विकास समितिका सभापति समेत रहेका अधिकारीले छिट्टै नै दलहरु सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।

Rabindra-Adhikari
नेकपा एमाले क्षेत्र नं. ३ र पोखरा विशेष नगर इलाका कमिटीद्वारा संयुक्त रुपमा आयोजित तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कास्की क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित अधिकारीले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने निश्चित भएको बताउँदै यसबाट पोखराको विकास र पोखरेलीहरुको आर्थिक पक्षमा व्यापक सुधार आउने बताए ।

कार्यक्रममा नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापा, एमाले कास्कीका पूर्व अध्यक्षहरु मानबहादुर जिसी, पुण्यप्रसाद पौडेल, नेपाली काँग्रेस कास्कीका पूर्व सभापति सोभियतबहादुर अधिकारी लगायत पार्टीको मोर्चा संगठन र स्थानीय कमिटीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा एमाले क्षेत्र नं.३ का अध्यक्ष धनबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा विशेष नगर इलाका कमिटीका अध्यक्ष झपिन्द्रराज रेग्मीले स्वागत तथा सचिव ऋषि गौतमले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: