
आठ बर्षे बालक सौगात बिष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । दीपक शर्माको संगीत, शान्तिप्रियको शब्द रहेको प्रस्तुत गीतलाई कृष्ण काफ्ले र आयुष्ना नकर्मीले गाएका हुन् ।
दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा सत्य–स्वरुप आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत तथा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको छ । मंसीर २५ गते रिलिज हुन लागेको यो फिल्मलाई सम्झना पोखरेल र रोशनी बज्राचार्यले मिलेर निर्माण गरेका हुन् ।
http://www.youtube.com/watch?v=mcHJJddxVd8#t=91
filmykhabar.com
कमेन्ट गर्नुहोस्
