विश्वकै धनी संगठन बन्दै आइएस, एकै दिन कमाउँछ करोडौं डलर

301
0
Share:

न्युयोर्क, कार्तिक ७ – पश्चिमा मुलुकको टाउको दुखाई बनेको इस्लामिक स्टेट (आइएस) विश्वकै सबैभन्दा धनी विद्रोही संगठन बनेको अधिकारीहरुले बताएका छन् ।

अपहरण, फिरौती र तेलको कोलोबजरी गरेर आइएसले दैनिक करोडौं डलर आम्दानी गर्ने गरेको आतंकवाद तथा आर्थिक गुप्तचर नामक अमेरिकी संस्थाले बताएको छ । इराक र सिरियाको अधिकांश भाग आफ्नो कब्जा गरिसकेको आइसले गत महिना तेल बेचेर मात्र हरेक दिन १ मिलियन डलरभन्दा बढी कमाएको थियो ।

आइएसको यस्तो आम्दानी रोक्न पश्चिमा मुलुकलाई अहिले धौ धौ परिरहेको संस्थाले जनाएको छ ।आइएसले कब्जामा लिएका तेल प्रशोधन केन्द्रबाट दैनिक ५० हजार तेलका ब्यारलहरु उत्पादन हुने गरेका छन् । यसलाई उनीहरुले निकै सस्तो दाममा विभिन्न विचौलियाको मद्दतले कालोबजारी गरी बेच्ने गरेका छन् ।

आइसले यस वर्ष अपहरणको फिरौतीबाट मात्र २० करोड अमेरिकी डलर आम्दानी गरेको संस्थाले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: