नेपाल बन्यो डिभिजन थ्री क्रिकेट च्याम्पियन, ‘डिभिजन २ पाइयो, रंगशाला चाहियो’

314
0
Share:

काठमाडौं / आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ । टोलीको स्वागतमा बिमानस्थलमा भेला भएका क्रिकेट समर्थकहरुले ‘डिभिजन २ पाइयो, रंगशाला चाहियो’ नारा लगाए ।

नेपाली राष्ट्रिय झन्डासहित बिमानस्थमा उपस्थित समर्थकहरु ‘पारस दाई आउनु भयो,विजयसिल्ड ल्याउनुभयो’ जस्ता नाराहरु लगाए । टोलीको स्वागतको लागि राष्ट्रिय खेलकुद परिषद् सदस्य युवराज लामा, युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता चुणामणि पौडेल, क्यानका कार्यवाहक अध्यक्ष श्रीनिवास राणा, उपाध्यक्ष विकास घिमिरे, महासचिव उत्तम कर्माचार्यलगायत पदाधिकारी बिमानस्थमला थिए।

युगाण्डालाई पराजित गर्दै नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि रक्षा गरेको छ ।  बिहीबार भएको उपाधि भिडन्तमा नेपाली व्याट्सम्यान र बलर दुबै चम्किएपछि नेपाले युगाण्डालाई हराउँदै लगातार दोस्रो पटक उपाधि मात्र जितेन, समूह चरणमा व्यहोरेको हारको मिठो बदला समेत लिएको छ ।

समूह चरणको पहिलो खेलमा नै नेपाल युगाण्डासँग २० रनले पराजित भएको थियो । तर, त्यसपछि सबै खेल जितेको नेपाल फाइनलमा पनि सफल रहृयो । उसो त युगाण्डाले भने अघिल्लो पटक कै नियती व्यहोरेको छ । अघिल्लो पटक डिभिजन थ्रीमा पनि नेपाल समूह चरणमा युगाण्डासँग हारेपनि फाइनलमा उसैलाई हराएर उपाधि जितेको थियो ।

किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको नेपालले नरेश बुढायर, सागर पुन र ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा ४९.५ ओभरमा सबै विकेट गुमाएर २२३ रन बनायो ।

नेपालले उत्कृष्ट निकै सुरुवात गर्‍यो । ओपनस सुवास खकुरेललाई आराम दिएर सागर पुनलाई नरेश बुढायरसँग ओपनिङमा खेलाइएको थियो, जुन निकै सफल समेत रहृयो । सागर र नरेशले पहिलो विकेटका लागि १०७ रनको साझेदारी गरे, जुन पहिलो विकेटका लागि प्रतियोगिताकै दोस्रो ठूलो साझेदारी हो भने नेपालको सबैभन्दा बढी ।

नेपालको स्कोर २०७ रन हुँदा नरेश अर्धशतक पूरा गरेर पहिलो विकेटका रुपमा पभेलियन फर्किए । ७३ रनको साझेदारी गरेका उनले दुई चौका र एक छक्काको मदतमा ५१ रन बनाए ।

नेपालले थप २४ रन जोड्दा सागर पुन आउट भए । ८७ बलमा ५ चौकाको मदतमा अर्धशतक पुरा गरेका उनी ६४ रनमा पभेलियन फर्किएका हुन् । सागरपछि अर्धशतक पूरा गरे उपकप्तान ज्ञानेन्द्र मल्लले । ६५ बलमा अर्धशतक पूरा गरेका ज्ञानेन्द्र व्यत्तिगत ६५ रनमा आउट हुँदा नेपालले ४७.२ ओभरमा २०८ रन बनाएर कुन पाँच विकेट गुमाएको थियो ।

बाँकी १५ रन जोड्दा नेपालले बाँकी ५ विकेट गुमायो । थप १/१ रन जोड्दा आरिफ शेख र बसन्त रेग्मी आउट भए । ४९.२ ओभरमा सोमपाललाई गुमाएको नेपालले थप एक रन जड्दा शक्ति गौचन र मेहबुब आलमलाई गुमाएको थियो ।

नेपालका मध्य तथा तल्लो क्रमका व्याट्सम्यानको विकेट लिने क्रममा युगाण्डाका मुसाका चम्किए । उनले मात्र ३.५ ओभरमा २७ रन दिएर नेपालको ६ विकेट लिएका थिए ।

२२४ रनको लक्ष्य पछ्याएको युगाण्डा ४४.१ ओभरमा १६१ रन जोड्दा अलआउट भयो । मध्यम सुरुवात गरेको युगाण्डाको पहिलो विकेटका रुपमा १७.६ ओभरमा कयोबीलाई शक्ति गौचनले विकेट किपर विनोद भण्डारीको हातबाट क्याच गलाए । १९ औं ओभरको पहिलो बलमा नै बसन्त रेग्मीलाई नेपाललाई दोस्रो सफलता दिलाए ।

उनले बगेण्डालाई ज्ञानेन्द्रको हातबाट क्याच गराए भने थप ३ रन जोड्दा सेलावे पनि पभेलियन फर्किए पछि युगाण्डा दबावम आयो । ५ विकेटको क्षतिमा ९२ रन बनाएको युगाण्डाको पारी मुसाकाले सम्हाल्ने प्रयास गरे । आक्रमक व्याटिङ गरेका उनले नेपाली बलरहरुलाई दबाव दिँदै युगाण्डालाई खेलमा फर्काउने राम्रो संकेत दिए ।

तर, ३८.१ ओभरमा सोमपाल कामीले कप्तान नुसुबुगालाई बोल्ड गरे भने ४१.४ मा भुवन कार्कीले मुकासाको विकेट लिएपछि नेपाल जिततर्फ उन्मुख भयो । ४३ औं ओभरमा दुई विकेट गुमाएको युगाण्डाको अन्तिम विकेटका रुपमा मुहुमुजालाई बसन्तले विनोदको हातबाट क्याच गराएपछि नेपालको ६२ रनको जित हात पारेको छ ।

कमेन्ट गर्नुहोस्
Share: