नाइजेरियामा दुई हजार २५५ कैदी फरार

315
0
Share:

अबुजा, २१ कात्तिक/ पश्चिम अफ्रिकी राष्ट्र नाइजेरियामा गत पाँच वर्षभित्रमा बोको हराम आतङ्कवादीका विद्रोहका कारण दुई हजार २५५ कैदी जेल तोडेर भागेका छन् । यस राष्ट्रमा नागरिक सुरक्षाको लागि सो आतङ्ककारी समूहनै एक प्रमुख चुनौतिको रुपमा रहेको एक अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

Jail_break

यद्यपि यसरी फरार भएका कैदीहरु मध्ये १९४ जना पुनः पक्राउ गरिएको नाइजेरिया कैदी सेवा (एनपीएस) का प्रवक्ता ओपे फातिनिकुनले समाचारदाताहरुलाई बताउनु भएको छ ।  उक्त अवधिभर ४२ जना कारागार सेवक कर्मचारीहरु तथा चार जना अवकाश प्राप्त अधिकृतसमेत ४६ जना कारागार कर्मचारीहरु बोको हरामको कारबाहीमा परी मारिएका उहाँले बताउनु भएको छ ।

कैदीहरु यसरी उम्किनुमा सुरक्षा व्यवस्था दुरुस्त पार्न बजेट पर्याप्त नहुनु, कैदीहरु खचाखच हुनु, व्यवस्थापन कर्मचारी पर्याप्त नहुनु, विद्रोह र आतङ्कवाद कडा चुनौतिको रुपमा रहनु नै मुख्य कारण रहेको समेत फातिनिकुनले बताउनु भएको छ ।

पश्चिम अफ्रिकी यस राष्ट्र नाइजेरियामा पछिल्लो पटक गत आइतबार बोको हरामका सशस्त्र लडाकू जस्ता लाग्ने दर्जनौं बन्दुकधारीहरुले मध्य उत्तरी राज्य कोगीको एक कारागारमा आक्रमण गर्दा एक जना कैदी मारिनुका साथै कम्तीमा १४४ कैदीहरुलाई भगाएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: