पत्रकार शर्मा बाबा आनन्द सञ्चार पुरस्कारबाट सम्मानित

460
0
Share:

रञ्जन अधिकारी पोखरा २३ कार्तिक/ कान्तिपुर दैनिक पोखरा ब्युरोमा कार्यरत पत्रकार लालप्रसाद शर्मा बाबा आनन्द सञ्चार पुरस्कारबाट सम्मानित भएका छन् । बाबा फाउण्डेशन नेपालले बाल अधिकार र वातावरण संरक्षणको Ôेत्रमा कलम चलाएको भन्दै शर्मालाई आफ्नो सातौं वार्षिक साधारणसभाको अवसरमा आईतबार १० हजार एक पुरस्कार राशी सहित सम्मान गरेको हो ।

पोखरामा आयोजित एक समारोहका बीच पश्चिमाञ्चल Ôेत्रीय प्रशासक दिनेश कुमार थपलिया, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यÔ आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका अध्यÔ बिन्दुकुमार थापा र बाबा फाउण्डेशनका अध्यÔ दिलीपराज श्रेष्ठले नगद बराबरको चेक, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

C360_2014-11-09-14-57-40-026

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्रप्रसाद भट्ट संयोजक तथा पत्रकार महासंघ कास्कीका अध्यÔ रामकृष्ण ज्ञवाली, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यÔ गोपाल खड्का, बाबा फाउन्डेशनका सचिव रविराज बसौला र पुरस्कार स्थापना गर्ने परिवारको तर्फबाट शर्मिला श्रेष्ठ सदस्य रहेको प्रतिभा छनौट समितिले शर्मालाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । आदर्श समाज राष्ट्रिय दैनिकबाट पत्रकारिता Ôेत्रमा प्रवेश गरेका शर्मा १४ बर्Èदेखि निरन्तर कान्तिपुर पब्लिकेशन्समा छन् । सम्मान ग्रहणपछि पत्रकार शर्माले द्वन्द्वकालमा जेल समेत परेर पत्रकारिता गरेको स्मरण गर्दै सम्मानले आफूलाई थप हौसला मिलेको प्रतिक्रिया दिए ।

पुरस्कार बितरण समारोहमा पश्चिमाञ्चल Ôेत्रिय प्रशासक थपलियाले वालबालिका र बाताबरणको Ôेत्रमा बाबा फाउण्डेशनले पु¥याएको योगदानको प्रशंसा गर्दै सञ्चार माध्यमले पनि यस Ôेत्रका समस्या समाधानमा कलम चलाउनुपर्ने खाँचो औल्याए । ग्रामिण Ôेत्रको तुलनामा शहरी Ôेत्रमा बढी बालबालिकाहरु पीडित बन्ने गरेको भन्दै उनले पत्रकारले यसमा ध्यान दिन आग्रह गरे । ‘बालबालिकालाई हतियार बनाएर विभिन्न पक्षले स्वार्थ पूर्ति गर्ने गरेका छन् । यसो हुन दिनु हुँदैन । पत्रकारिता जगत यसतर्फ सचेत होऊन् ।’ थपलियाले भने ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले वालवालिकाको Ôेत्रमा देखिएका समस्या समाधानको लागि सबै Ôेत्रबिच सहकार्य आबश्यक रहेको बताए । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यÔ आनन्दराज मुल्मीले पोखरामा जन्मनेहरुले मात्र पोखरा नबनाएको प्रष्ट पार्दै कर्मभूमि बनाउनेहरुले झन् बढि योगदान दिएको भन्दै पत्रकारलाई यसरी सम्मान गर्नु खुशीको कुरा भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यÔ बिन्दु कुमार थापाले बालश्रम न्यूनिकरणको लागि संघले कार्यक्रम नै संचालन गर्दै आएको स्मरण गराउँद्यै सडक बालबालिकाको समस्या समाधानको लागि सरोकारवालाहरुले सोच्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यÔ रामकृष्ण ज्ञवालीले बिधागत रुपमा महासंघले बिभिन्न Ôेत्रका बिÈयबस्तुलाई उजार गर्न सुरुगरेको लेखनबृतिमा सहयोग गर्न आग्रह गरे । प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, प्रतिभा छनौट समितिका संयोजक रुद्रप्रसाद भट्ट लगायतले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका बाबा फाउण्डेशन नेपालका अध्यÔ दिलीपराज श्रेष्ठले उक्त पुरस्कारको अक्षय कोषमा ५० हजार थप गरी एक लाख ५० हजार रुपैयाँ पुर्‍याएको घोषणा गरे । श्रेष्ठले बालबालिका र बातावरणको Ôेत्रका समस्या समाधानको लागि सञ्चारमाध्यमसंग सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा सदस्य टंक अधिकारीले स्वागत गर्दै फाउण्डेशनले गर्दै आएको कामका बिÈयमा प्रकाश पारेका थिए । साधारणसभामा फाउण्डेशनका सचिब रबिराज बसौलाले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष दीपक अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बाबा फाउण्डेशनले दुई वर्ष अघि देखि स्व. आनन्दराज श्रेष्ठको नामबाट सञ्चार पुरस्कार प्रदान गर्दै आएको हो ।

कमेन्ट गर्नुहोस्
Share: