रेम बिक/पोखरा, ४ मंसिर | औद्योगिक व्यापार मेलाभित्र रहेको विग एफएमको स्टलमा फर्म भर्दा स्रोताहरुले कार्बन मोबाईल प्राप्त गर्ने भएका छन् । हरेक दिन एफएमको स्टलमा पुगेर फर्म भर्ने स्रोताहरु मध्येबाट लक्की ड्र गरेर २ जनालाई कार्बन मोबाईल दिईने एफएमले जनाएको छ । नेपालस्थित कार्बन मोबाईलको आधिकारिक वितरण कम्पनी एलाईड ट्रेड लिंक ईन्टरनेशनल प्रालिसंगको सहकार्यमा एफएमले यो अफर ल्याएको हो ।
“यो योजना अन्तरगत विहिबारदेखि पोखराको प्रदर्शनीकेन्द्रमा जारी औद्योगिक व्यापार मेलाभित्र रहेको विग एफएमको स्टलमा पुगेर जति स्रोताहरुले एफएमको सर्वेक्षण फर्म भर्नुपर्नेछ ।” विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–“फर्म भरेकामध्ये लक्की दुई जनाले हरेक दिन कार्बन मोबाईल प्राप्त गर्नेछन् ।” १० दिने मेलामा फर्म भरेका मध्येबाट २० जना स्रोताहरुले मोबाईल प्राप्त गर्न सक्ने एफएमले जनाएको छ ।
विग एफएमले हरेक वर्ष औद्योगिक व्यापार मेलामा स्टल राखेर मत सर्वेक्षण गर्दै आएको छ । मेला स्थलको खुला चौरको मुखैमा रहेको एफएमको स्टलमा पुगेर श्रोताहरुले बिग एफएमसँग सम्बिन्धत प्रश्न रहेको फाराम भर्नुपर्नेछ । आफ्नो मनपर्ने कार्यक्रम, प्रस्तोताका साथै न्युज विज्ञापन कस्ता लाग्छन् ? सुधार गर्न सुझाव, अन्य एफएमको दाँजोमा कुन स्थानमा राख्नुहुन्छ भन्ने लगायतका प्रश्नका जवाफ दिनुपर्नेछ । मत सर्वेक्षणकै आधारमा एफएम पश्चिमाञ्चलकै नम्बर एक एफएम हुन सफल भएको हो ।
एलाईड ट्रेड लिंक ईन्टरनेशनलप्रालिले एफएमका स्रोताहरुसंग प्रत्यक्ष रुपमा जोडिन कम्पनीले कार्बन मोबाईल प्रायोजन गरेको जानकारी दिएको छ । “पश्चिमाञ्चल क्षेत्रमा एफएमले स्रोताहरुबिच निकै प्रभाव जमाएकोले नै हामी यो योजनामा आकर्षित भएका हौँ ।” कम्पनीका चिफ मार्केटिङ अफिसर पुस्कल खतिवडाले भने–“हाम्रो उत्पादनको ब्रान्डिङमा पनि यो योजना फलदायी हुने हामीले अपेक्षा गरेका छौँ ।” कार्बन मोबाईल पछिल्लो समय निकै मन पराईएको मोबाईल ब्रान्डमा पर्छ ।
मेलामा लक्की ड्र मार्फत हरेक दिनकार्बन कम्पनीका ‘के वान रक’ र ‘के ट्वान्टी टु प्लस’मोबाईल दिईने एफएमले जनाएको छ । विग एफएमले विभिन्न व्यापारिक कम्पनीहरुसंगको सहकार्यमा वर्षेनीथुप्रै ईभेन्ट गर्दै आएको छ । विशेष गरि ईभेन्टहरुमार्फत नै स्रोताहसंग प्रत्यक्ष जोडिएको एफएमले पछिल्लो पटक ईक्यान कास्कीको आयोजनामा हुने वृहत शैक्षिक मेलालाई निरन्तर दोस्रोपटकसम्म प्रस्तुत गरेको थियो । हरेक चाडवाडमा पनि ईभेन्ट गर्दै आएको एफएमको ग्राण्ड ईभेन्ट विग आईकन पनि वर्षेनी हुँदै आएको छ ।

