
काठमाडौं, मंसिर ७
अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनमा भाग लिन नेपाल आउँदा काठमाडौं बाहिर कुनै पनि ठाउँको भ्रमण नगर्ने भएका छन् ।
मोदीको काठमाण्डू भ्रमण हुने या नहुने अन्यौल भैरहेका बेला भारतको विदेश मन्त्रालयका सचिव सइद अकबरुद्दिनले प्रधानमन्त्री मोदीको काठमाडौं बाहिरका सबै ठाउँको भ्रमण रद्द भएको पुष्टि गरेका हुन् । उनले आफ्नो ट्वीटर मार्फत मोदीले सार्क सम्मेलनका बेला नेपाल आउँदा काठमाडौं बाहिर कुनै पनि ठाउँको भ्रमण नगर्ने उल्लेख गरेका छन् ।
मोदीले भारतमा गरेको प्रतिबद्धता अनुसार काठमाडौं बाहिरको भ्रमण नगर्ने तय भएको विदेश सचिव सइदले उल्लेख गरेका छन् ।
मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्ने तय भएको थियो ।
यसअघि भौतिक तथा पूर्वधार मन्त्री विमेलेन्द्र निधिले मोदीको भ्रमण रद्द भएको बताएका थिए । भ्रमणबारे विवाद भएपछि परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले मोदीको भ्रमण अझै रद्द नभइसकेको बताएका थिए ।
