भिआईपी आगमनले आन्तरिक उडान ठप्प, पोखरा – काठमाण्डौ सबै उडान रद्द

Share:

गोकुल बानियाँ, पोखरा ९ मंसिर । दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा सहभागि हुन सदस्य राष्ट्रका प्रमुखहरु आउने भएपछि त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलको नियमित उडान सेवा प्रभाबित भएको छ ।

PokharaAirportNepalसार्क सदस्य राष्ट्र प्रमुख एबं सरकार प्रमुखको आगमन समय बिहान साढे ९ बजेखि अपरान्ह साढे ४ बजेसम्म रहेकाले बिमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभाबित भएका छन् । त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थल ब्यबस्थापनकै आग्रहमा आज आन्तरिक बिमान सेवा कम्पनीका सबै उडान स्थगित भएको छ ।

आज पोखरा– काठमाण्डौ कुनैपनि उडान नहुने पोखरा नागरिक उड्ययन कार्यालय पोखराले जनाएको छ । आज बिहान ९ देखि साझ ५ बजेसम्म सार्कका पाहुना बाहेक कुनै पनि जहाज उडान–अबतरण बन्द गरेकाले पोखरा–काठमाण्डौ रुट प्रभाबित भएको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले बताए । नियमित तालिका अनुसार बुद्धको आठ उडान रोकिएका छन् ।

पर्यटकिय सिजन भएकाले यतिबेला पोखरा–काठमाण्डौ रुटमा उडान थपिएका थिए । पोखरा काठमाण्डौ रात्रीकालिन उडान नभएकाले समस्या परेको बरालले बताएका छन् । उडान रद्द भएपछि पोखराबाट काठमाण्डौ जाने यात्रु सोमवारनै सडक मार्ग प्रयोग गर्न बाध्य भएका छन् । कतिपयले बुधवारको लागि टिकट बुक गरी बसेका छन् ।

बुद्ध एयरले पोखरा काठमाण्डौ रुटमा बुधवार ७, बिहिवार ५ र शुक्रवार ४ उडान राखेको छ । नियमित ८ उडान भएपनि सार्कको कारण समय तालिका हेरफेर गरिएकाले संख्या घटेको उनले बताए ।

यती एयरलाइन्सले पनि आज पोखरा–काठमाण्डौ रुटका ८ उडान रद्द गरेको छ । यतकिा कर्मचारीका अनुसार बुधवार ७, विहिवार २ र शुझवार ४ उडान तालिका रहेको छ । त्यस्तै सिम्रिक एयरले पनि पोखरा–काठमाण्डौ रुटमा आज कुनै पनि उडान नरहेको जानकारी दिएको छ ।

नेपाल एयरलायन्सले यो चार दिनको अबधिमा कुनैपनि उडान राखेको छैन । पोखरा बिमानस्थलका प्रमुख दिपक बरालले काठमाण्डौमा चाप बढ्न नदिन उडान समय हेरफेर गरिएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: