माधब पनेरु पोखरा, १२ मंसीर /नेपाली काग्रेसको राजनितिक नियुक्तीबाट अध्यक्ष बनेका बिष्णु बास्तोलाले उपत्यका नगरबिकास समितीमा दादा गिरी देखाउन छाडेका छैनन ।

काग्रेस कास्कीका उपसभापति समेत रहेका बास्तोलाले कानुन उल्लघंन गरी बिभिन्न कृयाकलाप जारी राखेको स्रोतले बताएको छ । केही महिना अगाडी आफ्नै कार्यलयका लेखापाललाई हातपात गरेपछि उनि प्रहरी नियन्त्रणमा परेका थिए । वडा प्रहरी कार्यालयमा एक सहमति गरेपछि उनलाई प्रहरीले आईन्दा उक्त हर्कत नगर्न सचेत गरेको थियो । लेखापाल दयामोहन भट्टराईले नियमबिपरीत भुक्तानी दिन लागेको चेकमा हस्ताक्षर नगरेपछि बास्तोलाले आफुलाई कुनै पनि कानुन नलाग्ने भन्दै भट्टराई माथि हातपात गरेका थिए ।
एउटा आमा समुहलाई रकम दिन भन्दै बास्तोलाले मातहतका कर्मचारीलाई दवाव दिएका थिए । बास्तोलाको दवाव लार्ई लेखापाल भट्टराईले अस्वीकार गरेका थिए । प्रहरी कार्यालयमा सहमति गरेको भएपनि बास्तोलाले आफुु माथि अनाबस्थक दवाव दिईरहेको लेखापाल भट्टराईले बताए ।
नियम संगत तरिकाले आफुले पाएको आवास क्वाटरमा समेत बास्तोलाले चापि लगाईदिएका छन । आमा समुहका लागि दिने भनिएको अनुदानको चेक नकाटेसम्म चाँवी नदिने भन्दै बास्तोलाले बिगत ५ महिना देखि चावि दिएका छैनन । बास्तोलाले चावि खोसेपछि भट्टराईले भाँडा तिरेर पनि अन्यन्त्र बस्न परेको छ । क्वाटरको भाँडा संगै अन्यत्र समेत भाँडा दिएर बस्न परेपछि आफुहरु अन्यायमा परेको उनले सुनाए । न्याय र नियम संगत काम गर्न खोज्दा आफै पिडित हुनुपरेको छ , अव सरुवा मागरे अन्यन्त्र जाने बिचार गरेको छु , उनले भावुक मुद्रामा भने ।
