वार्षिकीमा सम्झिंदै शिव रेग्मी

Share:

फिल्मीखबर, काठमाण्डौ,  मंसिर १२ / पारिवारिक र दर्शकको मन छुने फिल्म बनाउन माहिर मानिएका निर्देशक शिव रेग्मी हामी माझ छैनन् । दर्शक आज पनि उनका फिल्ममा बग्छन् र आँशुका धारा बगाउँछन् । उनै रेग्मीको निधन भएको आज १ बर्ष भएको छ ।

20131220234917_638fe5771ac1a4d52970f1f1c57f91e9@filmykhabar.comरेग्मीको निधन मंसिर २४ गते भएपनि तिथीका आधारमा आज १ बर्ष पुरा भएको हो । रेग्मीको बार्षिकीको अवसरमा जन्मथलो चितवनमा उनलाई श्रद्धाञ्जली दिने कार्यक्रम  छ । यसका लागि काठमाण्डौबाट केही फिल्मकर्मी चितवन पुगेका छन् ।

काठमाण्डौबाट द्वन्द्व निर्देशक हिमाल केसी, निर्देशक मुस्कान ढकाल, कलाकार उत्तम केसी, संगीतकार लक्ष्मण शेष लगायतका फिल्मकर्मी चितवन पुगेका हुन् । चितवनको नारायणी कला मन्दिरमा आयोजना हुन लागेको शोक सभामा शिवलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ ।

‘शिवको संझनामा उहाँको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्छौ’, निर्देशक राजेन्द्र उप्रेतीले जानकारी दिएका छन् । शिव रेग्मीले बनाएका ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘ए मेरो हजुर’, ‘सुख दुख’, ‘हामी तीन भाइ’, ‘कहाँ भेटिएला’ जस्ता फिल्म चर्चित छन् । निर्देशक रेग्मीले निर्देशन गरेको अन्तिम फिल्म ‘सो सिम्पल’ हो ।

कमेन्ट गर्नुहोस्
Share: