पर्यटन व्यवसायी भट्टराईद्वारा स्वरेककोटको लागि सोलार प्रदान

Share:

रञ्जन अधिकारी पोखरा, १३ मंसीर / स्याङ्जा जिल्लाको स्वरेक गाविस वडा नं. ५ कोट स्थितस्वरेक भैरव कालिका मन्दिरका लागि पोखरा माउण्ट कैलाश रिसोर्ट, पोखराका संचालक एवं पर्यटन ब्यबसायी नरेश भट्टराई परिवारले सोलार बत्ती प्रदान गरेका छन् ।

शुक्रबार एक कार्यक्रमका बीच भट्टराई दम्पतिले स्वरेक भैरव कालिका क्षेत्र विकास समितिका सल्लाहकार घनश्याम पाण्डेयलाई सोलार बत्ती हस्तान्तरण गरे । पर्यटकीय गाउँमा अवस्थित प्रख्यात मन्दिरमा बिजुली बत्ती नभएको भन्ने थाहा भएपछि आफूले स्थानीयको माग अनुसार सहयोग गरेको भट्टराईले बताए । ‘पोखराबाट बसमा बढिमा तीन घण्टा लाग्ने स्वरेक गाउँ पर्यटकीय दृष्टिकोणले पूर्ण छ ।’ भट्टराईले भने– ‘प्याराग्लाडिङ गर्न पनि स्वरेक उपयुक्त छ । जहाँबाट उड्यो त्यहीं बस्न मिल्छ । होम स्टे प्रवद्र्धन पनि गर्न सकिन्छ । प्राकृतिक रुपमा मनमोहक छ ।’

20141128_095143

माउण्ट कैलाश रिसोर्टका प्रबन्ध निर्देशक सौमाया गुरुङ भट्टराईले व्यवसायबाट प्राप्त फाईदालाई सामाजिक सेवामा पनि खर्चदैं आएको जनाईन् । ‘सबै सहयोगलाई बाहिर ल्याउनुपर्छ भन्ने लाग्दैन, प्रचार गर्न पनि मन होईन तर अरुलाई प्रेरणा होस् भनेर मात्रै कहिलेकाहिँ सार्वजनिक हुने गर्छ ।’ उनले भनिन्– ‘स्वरेक गाउँमा पुगेपछि त्यहाँ गाउँलेको मायाले मन छोयो । सहयोग गरिरहुँ लाग्छ ।’

स्वरेक भैरव कालिका क्षेत्र विकास समितिका सल्लाहकार घनश्याम पाण्डेयले माउण्ट कैलाश रिसोर्टका संचालक भट्टराई दम्पतीले स्वरेकको लागि ठू लो सहयोग गरेको भन्दै स्वरेक गाउँबासीको तर्फबाट धन्यबाद दिए । उनले स्वरेकको विकासको लागि भट्टराई खम्बा भएको बताउँदै भट्टराईले बालिकाको जीवन रक्षा गरेर ठूलो योगदान गरेको स्मरण गरे । ओम सन्तोष इन्टरप्राईजेजका संचालक सन्तोष घिमिरेले सोलार प्यानलमा २५ बर्ष र ब्याट्रीमा ५ बर्षको वारेन्टी रहेको बताए । ६ वटा बत्ति बाल्न मिल्ने सोलार जडानपछि स्वरेककोटमा अध्यारों हट्ने भएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: